• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

सेन्ट्रल कलेजको १६ औं वार्षिकोत्सव : नयाँ भवन उद्घाटन, रक्तदान र खेल सामग्री वितरण


चितवन । सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले विविध कार्यक्रम गरी १६ औं वार्षिकोत्सव मनाएको छ ।

कलेजले शुक्रबार र शनिबार दुई दिन विविध कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवसँगै कलेजको नवनिर्मित आफ्नै भवन सेन्ट्रल टावरको उद्घाटन गरिएको छ । यस्तै सेन्ट्रल ग्रुपद्धारा सञ्चालित सेन्ट्रल मोडल कलेजको पनि उद्घाटन गरिएको छ । कलेजको प्रिन्सिपल यज्ञबिलास पौडेल (वाइबी) ले एक कार्यक्रमकाबीच सेन्ट्रल टावर र सेन्ट्रल मोडल कलेजको उद्घाटन गर्नुभयो ।

त्यस अघि पहिलो दिन बिहान रक्तदानबाट वार्षिकोत्सव कार्यक्रम सुरु भएको थियो । कलेज परिसरमा नै भएको कार्यक्रममा एक सय ४३ जनाले रक्तदान गरेका थिए । चितवनमा हुने रगत अभावलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो ।

सोही दिन कलेजले चितवन, नवलपुर र तनहुँका बिभिन्न क्लबहरुलाई खेल सामाग्री सहयोग गरेको थियो । कलेजले करिब एक सय ५० वटा फुटबल, भलिवल तथा क्रिकेट क्लबहरुलाई खेल सामग्री सहयोग गरेको हो । फुटबल, भलिवल, क्रिकेट ब्याट र जर्सी गरी १५ लाख बराबरको खेल सामाग्री सहयोग गरिएको कलेजका प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो ।

चितवन जिल्ला फुटबल संघ, क्रिकेट संघ चितवन र जिल्ला भलिवल संघ सँगको समन्वयमा उक्त कार्यक्रम सेन्ट्रल टावरको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा तिनै जिल्लाका खेलाडी, संघका पदाधिकारीलगायतको सहभागीता रहेको थियो । कलेजले मिडिया क्षेत्रबाट नारायणी अनलाइन, खेल पत्रकार सुशिल पन्त र एसवान बिल्डर्सलाई सम्मान गरेको छ । यस्तै सामाजिक कार्य गर्दै आएका ५० वटा संस्थालाई सम्मान पनि गरेको छ ।

यस्तै पहिलो दिन नै चर्चित कलाकारहरुले सांगितिक प्रस्तुति पनि दिएका थिए । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, नेपाल आईडल सिजन ५ का विजेता करण परियार र कमेडी च्याम्पियन सुनिल खड्काले आफ्नो प्रस्तुतिबाट दर्शक झुमाएका थिए ।

साँस्कृतिक कार्यक्रमपछि सेन्ट्रल कलेजको निर्माण रहेको म्युजिक भिडियोको प्रिमियर गरिएको थियो । सञ्जय बराल र मन्मा राईको स्वरमा रहेको नयन त्यो गाँजलु बोलको गीत सार्वजनिक गरिएको हो । सेन्ट्रल टावरमा छाँयाकन गरिएको उक्त गीतको भिडियोमा मिस पबी, सूर्य तिमल्सिना, कलेजका प्रिन्सिपल यज्ञविलास पौडेललगायतको अभिनय छ ।

सोही दिन सेन्ट्रल कलेजका देशभरका दुई सय ५० बढी कर्माचारीहरुलाई सौराहामा रिफ्रेसमेन्ट पार्टी आयोजना गरेको थियो । वार्षिकोत्सव कार्यक्रमको दोस्रो दिन शनिबार वार्षिक साधारण सभा तथा गोष्टि आयोजना गरिएको थियो । उक्त कार्यक्रमसँगै कलेजको दुई दिने वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको प्रिन्सिपल पौडेलले बताउनुभयो ।

आइतबार, साउन २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.