• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

नेपाल डिजिटल मिडिया एशोसियसन गठन, तदर्थ समितिको अध्यक्षमा सापकोटा


भरतपुर । चितवनका अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थितीमा मंगलवार नेपाल डिजिटल मिडिया एशोसियन गठन गरिएको छ । पत्रकारहरुको भेलाले एशोसियसनको सात सदस्यिय तदर्थ समिति पनि गठन गरेको छ । तदर्थ समितिको अध्यक्षमा राजु सापकोटा चयन भएका छन् ।

तदर्थ समितिको महासचिवमा समिक्षा पुरी, कोषाध्यक्षमा युवराज क्षेत्री र सदस्यहरुमा सन्तोष बस्ताकोटी, विपिन कँडेल, प्रतिमा कुमाल र सुरेन्द्र पौडेल (सुरज) चयन भएका छन् । तदर्थ समितिले संस्था दर्ताको लागि विधान तयार गर्ने लगायतका काम सकि छिट्टै अर्काे भेला आह्वान गर्ने तय भएको छ ।

तदर्थ समितिलाई सहयोग गर्नेगरी सात सदस्यिय सल्लाहकार समिति बनाइएको छ । सल्लाहकार समिति संयोजकमा सन्तोष देउजा रहेका छन् भने सदस्यहरुमा रामकान्त पौडेल, सन्तकुमार चौधरी, मनोज पन्त, किरण पौडेल, राजेन्द्र कार्की र तुलमान गुरुङ रहेका छन् ।

तदर्थ समितिको अध्यक्षमा चयन भएका सापकोटाले संस्थालाई दर्ता गरी व्यवस्थित किसिमले अगाडि बढाइने बताए । नेपाल डिजिटल मिडिया एशोसियसन न्यु मिडियामा काम गर्ने पत्रकारहरुको संगठन भएको उनले बताए । नेपालको कानुनी प्रक्रिया पुरा गरी सञ्चालनमा रहेका अनलाइन सञ्चारमाध्यममा कार्यरत अन्य पत्रकारहरुलाई पनि यस संगठनमा गोलबद्ध गर्दै लगिने उनको भनाई थियो ।

‘हामीहरुमा केहि कमी कमजोरी हुन सक्छन्, त्यसलाई सच्याउँदै लगिनेछ । पत्रकार आचारसंहिताको पालना गरी पत्रकारिता गर्नु हाम्रो धर्म हो’, उनले भने, ‘सबैसँग समन्वय गरेर अगाडि बढ्ने छौँ ।’ भेलामा न्यु मिडियामा कार्यरत करिब ३३ जना पत्रकारको उपस्थिती थियो ।

सल्लाहकार समितिका संयोजक देउजाले न्यु मिडियामा कार्यरत पत्रकारको लागि तालिम आवश्यक रहेको बताए । अहिलेका न्यु मिडियाले नै मुलधारको पत्रकारिता गरिरहेको दाबी गर्दै उनले पदीय जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न तदर्थ समितिलाई सुझाव दिए । संस्थाको आगामी दिनमा बन्ने कार्यसमितिलाई आफुले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता पनि व्यक्त गरे ।

न्यु मिडियाका रुपमा पछिल्लो समय अनलाइन मिडिया सञ्चालनमा छन् । अनलाइन मिडिया अन्तर्गत न्युजपोर्टल, युट्युब र फेसबुकबाट समाचार सामाग्री प्रशारण हुने गरेका छन् । न्यु मिडियाले छिटो छिटो समाचार सामाग्री प्रशारण गर्ने भएकाले न्यु मिडियाप्रति नागरिकको आकर्षण बढ्दो छ ।

मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.