चितवन, असार २७- पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक खसेको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आज बिहान ५ बजे मौवाखोला नजिक सडकमा माथिबाट लेदोसहितको पहिरो खसेको थियो ।
पहिरो पन्छाउने काम भइरहेको छ । सडक दुईतर्फी खुलाउन अझै केहि समय लाग्ने बताइएको छ ।