• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज अन्तरराष्ट्रिय योग दिवस

  • ७. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

यी हुन् ओलीलाई खुलेरै साथ् दिने प्रचण्डका बिश्वास पात्र, संसद विघटनमा थियो यस्तो भूमिका !


पूर्वमाओवादी तर्फबाट मन्त्री बनेका रामबहादुर थापा ‘बादल’ र लेखराज भट्ट प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गर्ने कदमको पक्षमा उभिएका छन् ।

ओलीको संसद विघटन गर्ने कदमप्रति प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात जना मन्त्रीले राजीनामा दिँदा गृहमन्त्री थापा र उद्योगमन्त्री भट्ट सहभागी भएनन् ।

प्रचण्ड र माधव नेपाल निकट नेताहरु कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिएका हुन् ।

सात मन्त्रीले सिंहदरबारमा राजीनामाको घोषणा गर्दा बादल र भट्ट प्रधानमन्त्री ओलीसँग बालुवाटारमा सँगै थिए । नेकपाको संकट चुलिएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरिसकेको अवस्थामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट मानिने दुई मन्त्रीले पद त्याग्न अस्वीकार गरेका छन्।

गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग मन्त्री लेखराज भट्टले राजीनामा दिन अस्वीकार गरेका हुन्। प्रधानमन्त्री ओलीको कदमप्रति असहमति जनाउँदै आइतवारै सिंहदरबारमा ७ जना मन्त्रीले सामूहिक राजीनामा घोषणा गरे।

तर पछिल्लो समय ओलीतर्फ खुलेका बादल र भट्टले पद नत्यागेका हुन्। सिंहदरबारमा पत्रकार सम्मेलन गरेर ऊर्जा मन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बस्‍नेत, कृषि मन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराई, खानेपानी मन्त्री बीना मगर, शिक्षा मन्त्री र श्रममन्त्री रामेश्‍वर यादवले राजीनामा दिइसकेका छन्।

ओली समुहले गरे बैठक बहिस्कार

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा सुरक्षा परिषद्को बैठक शुरु भएको छ। संसद विघटनलगत्तै सुरक्षा व्यवस्था चुस्त बनाउन सुरक्षा परिषदको बैठक बसेको हो। अहिले सडकदेखि विभिन्न ठाउँमा सुरक्षा सतर्कता बढाइएको छ।

बालुवाटारमा एकातिर ओलीको अध्यक्षतामा सुरक्षा परिषद्को बैठक चल्दै गर्दा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षधर भने स्थायी कमिटी बैठकमा जुटेका छन्।

प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने भन्दै उनीहरु छलफलमा जुटेका हुन्। प्रधानमन्त्री निकटका स्थायी कमिटी सदस्यहरुले भने बैठक बाहिस्कार गरेका छन् ।

प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्ताव गरिएको छ। ‘नेपालको संविधानको धारा १०० को उपधारा ९४० तथा प्रतिनिधि सभा नियमावली, २०५५ को नियम १५३ बमोजिम हामी तपसीलका प्रतिनिधि सभाका

सदस्यहरुले सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओलीमाथि सदनको विश्वास छैन भनी अविश्वास प्रस्ताव पेश गर्ने प्रयोजनको लागि नेपालको संविधानको धारा ९३ को उपधारा ९३० अनुसार तत्काल प्रतिनिधि सभाको बैठक बोलाउन अनुरोध गर्दछौं।

साथै वर्तमान प्रधानमन्त्री के पी शर्मा ओलीलाई पदमुक्त गरी नेपालको संविधानको धारा १०० को उपधारा ९५० बमोजिम प्रधानमन्त्री पदका लागि माननीय पुष्पकमल दाहाल प्रचण्डुलाई प्रस्तावित गरेका छौं’, आइतबार बिहान संसद सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्तावमा भनिएको छ।

लामो समय पश्चात् आम निर्वाचनबाट बहुमत प्राप्त सरकारलाई देश र जनताको सर्वोपरी हितमा सदुपयोग गर्नेतर्फ दचित्तका साथ लाग्नु पर्ने समयको आवश्यकता र जनताको माग अनुरुप इमान्दारीका साथ काम गर्नुपर्ने भए पनि यसतर्फ प्रधानमन्त्री ओली संवेदनशील र गम्भीर नदेखिएको अविश्वास प्रस्तावमा भनिएको छ ।

आयोगका पदाधिकारीहरुसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल लगायतको सहभागिता रहेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि ओलीले आयोगका पदाधिकारीसँग छलफल गरेका हुन्। आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित अन्य आयुक्तसँग मध्यावधिक निर्वाचनबारे छलफल भएको बताइएको छ।

आइतबार, पुष ०५, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस
रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने
नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज अन्तरराष्ट्रिय योग दिवस

भर्खरै

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ५.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.