काठमाडौं, पुस ५-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महिलाको हत्यापछि फरार रहेका एक पुरुषलाई प्रकाउ परेका छन् ।
मकवानपुर हाँडीखोलाकी ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या गरी ६ वर्षदेखि फरार रहेको आरोपमा प्रहरीले विमानस्थलबाट एक जनालाई पक्राउ गरेको हो। टाउको, मुखमा चोट लागेको अवस्थामा उनको शव फेला परेको थियो।
उनको हत्या भएको ६ वर्षपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकी डिएसपी सुरक्षा केसी नेतृत्वको टोलीले आरोपी अर्घाखाँचीको शितगंगा नगरपालिका-१४ की ३७ वर्षीय जगत विश्वकर्मलाई पक्राउ गरेको हो।
यो घटनामा संलग्न रहेका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-३ तल्लो पोखराका ४६ वर्षीय शिवराम अधिकारी भने कारागारमै रहेको प्रहरीको भनाइ छ। नाम परिवर्तन गरी बसेका उनी ०७९ कात्तिक २९ गते चोरी मुद्दामा पक्राउ परी ३ वर्ष कैद सजाय भएर केन्द्रीय कारागारमा छन्।
चोरी मुद्दामा पक्राउ परेपछि आफ्नो नाम अर्जुन अधिकारी भनेर उनले भनेका थिए। यो घटनामा पनि आफ्नो संलग्नता नभएको भन्दै अस्वीकार गर्दै आएका उनले विश्वकर्मा पक्राउ परेपछि भने स्वीकार गरेका हुन्र।



