रूपन्देही, मंसिर २४-
पाल्पाको निस्दी गाउँपालिका वडा नं ४ मित्याल गाङ्सिङ डाँडामा आफैले बोकेका भरुवा बन्दुक पड्किएर एक पुरुषको मृत्यु भएको छ । स्थानीय ४८ वर्षीय डम्बरबहादुर सारुको यसरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रातको समयमा फापर खान आएको जङ्गली जनावार ९दुम्सी० मार्न जाने बेलामा बाटोमा चिप्लिएर आफैले बोकेको बन्दुक पड्किँदा सारु घाइते भएका थिए ।
घाइते भएका उनलाई उपचारका लागि रामपुर अस्पताल पाल्पा लगिएकोमा राती ३ बजेर २० मिनेटमा अस्पतालले मृत घोषणा गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।