चितवन, मंसिर १४ भरतपुर महानगरपालिका मेयर रेनु दाहालकी छोरी प्रतिभा पाठकले गोरखाका विज्ञानबाबु रेग्मीसँग इन्गेजमेन्ट (टिकाटालो) गरेकी छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी समेत रहेकी प्रतिभाको इन्गेजमेन्ट समारोहमा प्रधानमन्त्री प्रचण्ड समेत सहभागी हुनुभएको थियो। आगामी मंसिर २३ मा प्रतिभा र विज्ञानबाबुबीच विवाहको तय भएको छ। विज्ञानबाबु अर्थशास्त्री हुन् र हाल स्वीजरल्याण्डमा बस्ने गर्छन्।