• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असोज ०१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

कांग्रेस नेता सापकोटाको प्रथम वार्षिक पुण्य तिथि विविध कार्यक्रम गरी मनाइयो


नवलपुर, १२ मङ्सिर (रासस)ः समाजसेवी एवम् राजनीतिक व्यक्तित्व स्वर्गीय तिलकप्रसाद सापकोटाको प्रथम वार्षिक पुण्य तिथि विविध कार्यक्रम गरी मनाइएको छ ।

सोमबारदेखि सुरु भएको वार्षिक पुण्य तिथिको कार्यक्रममा सोमबार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेसका महामन्त्री गगनकुमार थापा, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, गण्डकी प्रदेशका गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलगायतका नेताहरुको उपस्थिति रहेको थियो । वार्षिक पुण्य तिथिको कार्यक्रममा नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष एवं हरिहर सन्न्यास आश्रम देवघाटधामका पीठाधीश एक हजार आठ स्वामी ज्ञानानन्द सरस्वती, मुक्तिनान पीठाधीश स्वामी कमलनयनाचार्यलगायतका सन्तहरुकोसमेत उपस्थिति रहेको थियो ।राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक कृष्णप्रसाद सापकोटाको पितासमेत रहनुभएका तिलकप्रसादको पुण्यतिथिका अवसरमा आज रक्तदान, स्वर्गीय सापकोटाको जीवनीमा आधारित श्रव्यदृश्य सामग्री प्रदर्शन, स्वर्गीय सापकोटामा समर्पित पत्रिकाको विशेषाङ्क लोकार्पण, कवि गोष्ठी, लक्ष्यदीप प्रज्ज्वलनसहितका कार्यक्रम गरिएका छन् । श्रद्धाञ्जलिसभा कार्यक्रममा साहित्यकार डा नवराज लम्साल, गोविन्दराज विनोदी, राससका प्रधान सम्पादक एकराज पाठक, गण्डकी प्रदेशका पूर्व सांसद विष्णु लामिछानेले विजय खबर विशेषाङ्क लोकार्पण गर्नुभएको थियो । विशेषाङ्कमा स्वर्गीय सापकोटाको जीवनीसहित उहाँले गर्नुभएका र उहाँका बारेमा लेखहरु समावेश गरिएको राससका प्रधान सम्पादक पाठकले जानकारी दिनुभयो ।

त्यसैगरी, स्वर्गीय सापकोटाको योगदानमा आधारित कवि गोष्ठीमा साहित्यकार डा नवराज लम्साल, हीरालाल कँडेल, लक्ष्मीकान्त शर्मा (लकाश)लगायतले कविता वाचन गर्नुभएको थियो । त्यसैगरी, स्वर्गीय सापकोटाको पुण्य तिथिका अवसरमा उहाँकै निवासमा नेपाली कांग्रेस गैँडाकोट–८ वडा समितिले खुल्ला रक्तदान कार्यक्रम गरेको छ । सो कार्यक्रममा ३५ जनाले रक्तदान गरेका स्वर्गीय सापकोटाका ज्येष्ठ सुपुत्र केशवप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

लोकतन्त्रको स्थापना र शिष्ट राजनीतिक संस्कारको निर्माणका लागि १४ वर्षको उमेरदेखि ७९ वर्षको उमेरसम्म पनि सापकोटा निरन्तर संघर्षरत रहनुभएको थियो । सापकोटाले आफ्नो जीवनकालका महत्वपूर्ण समय समाजसेवा र राजनीतिको माध्यमबाट सामाजिक–आर्थिक रूपान्तरणको अभियानका लागि लगाउनुभयो । सापकोटा नेपाली काँग्रेस गैँडाकोटका संस्थापक अभिभावक हुनुहुन्छ ।सापकोटा नेपाली कांग्रेसमा २०१५ सालदेखि सक्रिय रहनुभएको थियो । सापकोटाले जननेता वीपी कोइरालाबाटै कांग्रेसको सदस्यता लिनुभएको थियो । आफू राजनीतिक र सामाजिक रुपमा स्थापित रहेको नवलपुर–१ मा कांग्रेसका तर्फबाट आफूले पाएको संसदीय टिकट नेता शशांक कोइरालालाई दिएर पटक–पटक कोइरालालाई संसद् पठाउने त्यागी नेताका रुपमा सापकोटा चिनिनुहुन्छ । सापकोटाले आफ्नो जीवनकालमा भाषा, संस्कृति, धर्म, सामाजिक कर्म, विकास निर्माणका विभिन्न क्षेत्रमा योगदान पु¥याउनुभएको छ ।

जीवनको उत्तराद्र्धमा श्वासप्रश्वास सम्बन्धि समस्याबाट पीडित सापकोटाको ७९ वर्षको उमेरमा गत वर्षको कात्तिक २३ गते उपचारका क्रममा अस्पतालमा निधन भएको थियो ।

मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.