चितवन, मंसिर १० पाल्पाका सन्तोष पन्थी नारायणगढबाट बेपत्ता भएका छन्। मंसिर ७ गतेदेखि सम्पर्कविहीन भएका सन्तोष नारायणगढ आइपुगेको सूचनाका आधारमा उनको परिवार चितवन आई खोजी गरिरहेको छ।
22 वर्षीय सन्तोष 5 फिट 3 इन्च उचाइ भएका गोरो रंगको व्यक्ति हुन्। उनलाई कहाँ कतै देखेमा नजिकको प्रहरी कार्यालयमा वा 9867855799 वा 9842854085 मा सम्पर्क गरी जानकारी दिन परिवारले अनुरोध गरेको छ।
परिवार चितवनमै बसेर सन्तोषको खोजी गरिरहेकोले कसैले कहिलेकाहीँ उनलाई देखेको भए तुरुन्त सम्पर्कमा आउन आग्रह गरिएको छ।