चितवन, मंसिर १० भरतपु रस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसको ३६औं वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेका छन्।
क्याम्पस र नेपाल रेडक्रस सोसाइटी भरतपुर उपशाखाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा ६२ जना पुरुष र ३९ जना महिला सहभागी रहेको रेडक्रसका सचिव चिन्तामणि पौडेलले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापाले ४६ पटक रगतदान गरेका पूर्वविद्यार्थी देवीप्रसाद पौडेललाई सम्मान गर्दै कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभयो।
यसैगरी विभिन्न कार्यक्रमहरूका माध्यमबाट वार्षिकोत्सव मनाउँदै आएको क्याम्पसले मंसिर २५ गतेदेखि खेलकूद प्रतियोगिता र विद्यार्थीहरूको बीचमा ट्यालेन्ट शोको आयोजनासमेत गर्ने जनाएको छ।