चितवन, मंसिर ८- पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा खर काट्न गएका चितवनका एक पुरुषको बाघको आक्रमणबाट मृत्यु भएको छ । मध्यवर्ती क्षेत्रमा खर काट्न गएका राप्ती नगरपालिका-१ दुबीचौरका करिब ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको हो ।
बाघको आक्रमणबाट मृत्यु भएको खबर पाएपछि अनुसन्धान तथा मुचुल्काको लागि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली पठाइएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
यो आर्थिक वर्षको साउनयता हालसम्म बाघले आक्रमण गर्दा चितवन निकुञ्ज आसपासमा तीनजनाको निधन भइसकेको निकुञ्जका सुचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।