काठमाडौं, मंसिर ८- गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानको समर्थक ४ जना पक्राउ परेका छन् ।काठमाडौंको विभिन्न ठाउँबाट दुर्गा प्रसाईंको अभियान समर्थकहरु ४ जना पक्राउ परेका हुन् । प्रहरीमाथि ढुंगामुढा गर्ने प्रदर्शनकारीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ । प्रहरीका अुनसार अन्यको खोजी भइरहेको छ ।
बिहीबार बल्खुमा भएको कार्यक्रममा प्रसाईंका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजेका थिए ।