नेपालगन्ज, मंसिर ६- खराब मौसमका कारण काठमाडौंबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान पुनः काठमाडौँ फर्किएको छ।
बुद्ध एअर नेपालगन्जका प्रमुख विनीत शाहलेका अनुसार बिहान काठमाडौंबाट करिब ७ बजेर ४५ मिनेटमा उडेको विमान नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर पुनः काठमाडौँ फर्किएको हो।