गैँडाकोट । नवलपुरको देवचुलीमा भएको जिप दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ । मृतकमध्ये ६ जनाको जनाको पहिचान भएको छ ।
बुलिङटार गाउँपालिकाको मालडाँडाबाट कावासोती जान आउदै गरेको लु १ ज ३२७० नम्बरको जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएकोमा हालसम्म ६ जनाको परिचय खुलेको प्रहरीले जनाएको छ ।
मृत्य हुनेहरुमा जिपका चालक बौदीकाली गाउपालिका वडा नं. ६ का २९ वर्षका छन बहादुर आले, स्थानीय ५२ वर्षीया कुमारी राना, सोहि वडाको माझडाडा बस्ने वर्ष ५५ का टेकमान बानटक्की , बुलिङटार गाउपालिका वडा नं. ४ घर भएकी १२ बर्षिया करिस्मा ठाडा , कमला मगर र मध्यविन्दु नगरपालिका वडा नं. २ मदनपुर घर भएका १८ वर्षका चिरन अर्याल रहेको प्रहरीले जनाएको छ ।
मृतकमध्ये हालसम्म एकजनाको परिचय खुल्न सकेको छैन । देवचुली नगरपालिका–९ स्थित एस–मोडमा चालकले गाडी घुमाउन नसक्दा घरमा गएर ठोक्किएको नवलपुरका डिएसपी बेद बहादुर पौडेलले बताए।