• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, कार्तिक ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सिन्धुलीमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते

पश्चिमी वायुको प्रभावले देशका हिमाली र पहाडी क्षेत्रमा बदली, केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

आज मिति २०८३ साल कार्तिक १ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल असोज ३० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

लोकप्रिय समाचार

चियामा पनि आज खासै स्वाद छैन सायद चिनिको ठाउँमा किसानहरुको आँसु परेर होला !


चियामा पनि आज खासै स्वाद छैन सायद चिनिको ठाउँमा किसानहरुको आँसु परेर होला !

चिनी मिलले दिन बाँकी उखुको पैसा दिलाइदिन माग गर्दै उखु किसानले काठमाडौको माइतीघरमा प्रदर्शन गर्दै आएका छन्। वर्षौँदेखि उखुको भुक्तानी नपाएपछि उनीहरु काठमाडौं धाइरहेका छन्। गत वर्षदेखि हिउँदको चिसो काँप्दै काठमाडौंसँग आशाको नजरले हेर्दै छन् उनीहरुले।

तर तीन तहको सरकार भएको देशमा अझै उनीहरुको कुरा सुनुवाइ भएको छैन। काठमाडौंको चिसोसँग पौंठेजोरी खोज्दै उनीहरु आफ्नो पसिनाको मूल्य दिन आग्रह गरिरहेका छन्।

केही दिनअघि काठमाडौं आएका उनीहरुले आज पनि माइतीघरमा प्रदर्शन गरे। केही चिनी मिलले किसानमाथि भारतीय नागरिकको आरोप लगाउँदै पैसा दिन नसक्ने बताएपछि उनीहरुले माइतीघरको सडकमै नागरिकता समेत देखाए। पैसा नपाएपछि ऋणमा डुबेका किसानले माइतीघरमा आँशु नै झार्न पुगे।

कोभिड–१९ को संक्रमणकालिन अवस्था त्यसमाथि पनि उद्योगको निरन्तरको घाटाको व्यापारमा समेत उद्योगले किसानहरुको भुक्तानी नरोकेको बेला अनावश्यक बार्गेनिङ गरेर बिचौलियाले किसान उचाल्ने काम गरेको मिलको आरोप छ ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अन्नपूर्ण सुगर मिलले नामै तोकेर किसानको नाममा आन्दोलन चर्काउने विचौलियाले उद्योगसँग पटक पटक गरी बार्गेनिङ गरेर झण्डै ४ करोड रुपैयाँ बराबरको रकम लगेको आरोप लगाएको छ ।
उखु किसान आन्दोलनको नेतृत्व गरिरहेको तर आफूलाई कृषक भन्ने संघर्ष समितिको सचिव हरिश्याम राय वास्तविक किसान नभएर विचौलियाँ भएको उद्योगको आरोप छ । उनले उद्योगसँग वार्गेनिङ गर्दै पटकपटक गरी कुल ३ करोड ३३ लाख ९२ हजार ८ सय ९९ (रु.३,३३,९२,८९९) रुपैयाँ लगेको जनाएको छ ।

रायले पैसाका लागि उद्योगसँग बारम्बार बार्गेनिङ गर्ने गरेको र पैसा नदिए किसान उचालेर आन्दोलन चर्काउछु भनेर आफूहरुलाई धम्की दिने गरेको समेत उद्योगले बताएको छ । त्यसो त विचौलियाँ रायले भुक्तानी नपाएका किसानसँग उखुका पर्ची सस्तोमा किनेर उद्योगलाई महँगोमा बेचेर करोडौं कुम्याउने गरेको समेत उद्योगले आरोप लगाएको छ ।

‘आन्दोलनको नेतृत्व गरिरहेका आफूलाई कृषक आन्दोलनका सचिव बताउने हरिश्याम राय बिचौलियाँ हुन् र यो आन्दोलनको नाममा उनले हामीसँग मोलमोलाई गरिरहेको जानकारी गराउँन चाहान्छौं ।’ अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उनको स्वार्थअनुसार हामीले पैसा दिन नसकेपछि उनी आन्दोलन गर्न भन्दै काठमाडौं आउँछन् र पुनः मोलमोलाई सुरु गर्छन् । यसमा अरु व्यक्ति पनि संलग्न रहेको हुनसक्ने हाम्रो बुझाइ छ ।’

बुधबार, पुष ०१, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिन्धुलीमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते
नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने
मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य
गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

लोकप्रिय

भर्खरै

  • १.
    सिन्धुलीमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते

  • २.
    पश्चिमी वायुको प्रभावले देशका हिमाली र पहाडी क्षेत्रमा बदली, केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

  • ३.
    नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

  • ४.
    आज मिति २०८३ साल कार्तिक १ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल असोज ३० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ७.
    क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

  • ८.
    मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.