काठमाडौं । मुगु सामूहिक हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगु छायाँनाथ रारा नगरपालिकाका ३० वर्षीय गोरखबहादुर शाही रहेका छन् ।
उनलाई प्रहरीले बुधबार सुर्खेतबाट पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ । स्रोतका अनुसार शाही मृतकका आफन्त हुन् । हत्यामा उनीसँगै अर्का एकजनाको पनि संलग्नता रहेको प्रहरीको अनुमान छ । यसबारे अनुसन्धान गरिरहेको स्रोत बताउँछ ।