चितवन, कार्तिक १९-
चितवन जुवा खेलिरहेको अस्वथामा ११ जना मानिस पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २८ स्थित गोलाघाटमा रहेको वाईल्डलाईफ रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा नगद सहित पक्राउ परेका हुन् ।
अन्द्रौलीका जंगबहादुर कुमालको रिसोर्टमा जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले उनीहरुलाई शनिवार राति एक बजे पक्राउ गरेको हो । उनीहरुको साथबाट १ सय भारु सहित ५० हजार ८९५ रुपैयाँ, जुवा खेल्न प्रयोग भएका १७ थान कौडा र एक थान तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा एक जना बाहेक सबै भरतपुर महानगरपालिका वडा नम्बर १६का रहेका छन् । एक जना गैंडाकोटका रहेका छन् । उनीहरु माथी थप अनुसन्धान भएको प्रहरीले जानकारी दिएको छ ।