नवलपुर । कावासोतीमा मलाम गएका एक जना पुरुष नारायणी नदीमा वेपत्ता भएका छन् ।कावासोती ७, साँढ निवासी ४० बर्षीय खेमनारायण महतो वेपत्ता भएका हुन् । कावासोती १३ घोसरघाटमा मलामी गएका उनी साथीहरुसँगै नारायणीमा पौडिएर नारायणी पार गर्ने क्रममा वेपत्ता भएका हुन् ।
उनको दिनभर खोजी कार्य गरे पनि फेला नगरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनलाई सशस्त्र प्रहरी, स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी, निकुञ्जको हात्ती र डुंगा समेत लगाएर खोजे पनि फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।वेपत्ता महतोको खोली भोलि विहानैबाट पुन गरिने र भोलि गोताखोर समेत परिचालन गरिने जनाइएको छ ।