चितवन, कात्तिक १२-
चितवनको जलविरेमा पिकनिक खाएर वीरगंजतर्फ गइरहेको बस सिमरामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकमा ना ७ ख ४७४९ नम्बरको बस शनिवार राती करिब १२ बजे दुर्घटना भएको थियो ।
दुर्घटनामा मृत्यु हुनेको नाम ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइतेहरूको भने हाल वीरगन्ज स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलिनसकेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जनाएका छन् ।