पाल्पामा आज जीपदुर्घटना हुँदा देवचुली-१६ रजहरका एकै परिवारका६ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । रानीमहल जाँदै गरेको प्र-०१-२६ च ७२०९ नं को कार बैकुण्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
दुर्घटनामा जिपका चालक समेत रहेका वरचुलि माविका शिक्षक ईश्वरबहादुर लोहनी गम्भीर घाइते भएका पाल्पा प्रहरीले जनाएको छ । दुर्घटनामा ईश्वरका बुबा कृष्णबहादुर लोहनी आमा पार्वती लोहनी, श्रीमति सबिना धिताल, सासू आमा चुना धिताल र दुई छोराहरु सबिस लोहनी, ईसब लोहनीको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।