• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ७. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

कालीगण्डकी करिडोर : गैँडाकोट –राम्दी खण्ड अन्तिम चरणमा


नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर अन्तरगत गैँडाकोट– राम्दी खण्ड निर्माणको काम अन्तिम चरणमा पुगेको छ । एक सय ३२ किलोमिटरको यस खण्डमा ९५ प्रतिशत काम पुरा भएको कालीगण्डकी करिडोर , गैँडाकोट– राम्दी–मालढुङ्गा सडक आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी पवित्रमणी आचार्यले बताउनुभयो ।

गैँडाकोट –राम्दी खण्डको सबैजसो काम सकिएको छ । सडक सुरक्षाका कामहरू ,किलोमिटर पोस्टहरू जस्ता साना काम बाँकी रहेको भएपनि ठूला सबै काम सकिएको आयोजनाका सूचना अधिकारी आचार्यले बताउनुभयो । आउँदो कात्तिक मसान्त सम्म यस खण्डको काम सम्पन्न गर्नुपर्ने म्याद रहेकाले निर्माण कम्पनीले सोही अनुसार काम गरिरहेको उहाँको भनाई छ ।

गैँडाकोट –राम्दी खण्डको एक सय ३२ किलोमिटर सडक मध्य अब करिब दुई किलोमिटरमा मात्रै कालोपत्रेको काम गर्न बाँकी रहेको सूचना अधिकारी आचार्यले बताउनुभयो । नवलपुरको डेढगाउँ –बुलिङटार र बुलिङटार –गैँडाकोट खण्डमा केही स्थानमा ठूलो पहिरो गएकाले काम गर्न समस्या भएको उहाँको भनाई छ ।

पहिरो गएको स्थानमा तत्काल कालोपत्रे गर्दा दीर्घकालीन नहोला भनेर त्यो खण्डमा ग्राभेल मात्रै गरेर राख्ने योजना रहेको सूचना अधिकारी आचार्यले बताउनुभयो । पहिरो गएको स्थानमा कन्सल्ट्यान्टहरु ल्याएर अध्ययन गर्ने काम भइरहेको उहाँको भनाई छ । पहिरो नियन्त्रणको उपाय खोजी गरि आयोजनाको म्याद रहेको खण्डमा आयोजनाबाट नभए हस्तान्तरण पछि सम्बन्धित डिभिजनबाट काम गर्ने गरि सुझाव दिइने सूचना अधिकारी आचार्यले बताउनुभयो ।

पहिराको जोखिम भएको स्थान र पुलहरुको दुईतर्फका भागहरूमा गरि करिब दुई किलोमिटरमा मात्रै कालोपत्रे बाँकी रहेको उहाँले बताउनुभयो । ‘गैँडाकोट –राम्दी खण्डमा सबैजसो ठूला काम सकिएको छ, पहिरोको जोखिम भएको स्थान र अन्य केही पुलको छेउछाउ मात्र कालोपत्रे बाँकी छ’ सूचना अधिकारी आचार्यले भन्नुभयो ।

गैँडाकोट –राम्दी खण्डमा पर्ने सबैजसो पुलहरू समेत सम्पन्न हुने चरणमा रहेको सूचना अधिकारी आचार्यले बताउनुभयो । यस खण्डमा पर्ने २८ वटा पुल मध्य एउटा पुलको काम बाँकी रहेको अन्य सबै सम्पन्न हुने चरणमा रहेको उहाँले बताउनुभयो । नवलपुरको गैँडाकोट र बुलिङटारको सिमानामा रहेको तरङ्गा खोलामा पुलको काम बाँकी रहेको छ । पुलको ठेक्का सम्झौता भएको तर व्यवसायीले काम नगर्दा ढिलो भएकोमा अब दशैँ लगतै काम सुरु हुने र करिब दुई महिनामा सो पुल निर्माणको काम सकिने सूचना अधिकारी आचार्यले बताउनुभयो । गैँडाकोट –राम्दी खण्डमा नवलपुर तर्फ १४ र पाल्पा तर्फ १४ वटा पुल रहेका छन् ।

गैँडाकोट –राम्दी खण्ड करिब साढे पाँच अर्बको लागतमा ठेक्का सम्झौता भएको सूचना अधिकारी आचार्यले बताउनुभयो । विस २०७५ कात्तिक २ गते सम्झौता भएर ३६ महिनामा सम्पन्न गर्ने भनिएकोमा कोभिडको प्रभाव ,भौगोलिक जटिलताले उक्त समयमा काम सम्पन्न नभएपछि विसं २०८० कात्तिक सम्ममा निर्माण सम्पन्न गर्ने गरि म्याद थप गरिएको उहाँले बताउनुभयो । यस अवधिमा आयोजनाले पूर्णता पाउने सूचना अधिकारी आचार्यको भनाई छ ।

शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.