काठमाण्डौँ ,असोज १७-
सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ईडीभी) कार्यक्रमको लागि बुधबारदेखि आवेदन खुल्दैछ । नेपाली समय अनुसार असोज १७ गते राति ९ः४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । यो कार्तिक २१ मा नेपालमा स्थानीय समय अनुसार १०ः४५ बजे बन्द हुनेछ । डि.भी.चिट्ठामा प्रवेश गर्नका लागि कुनै पनि शुल्क लाग्दैन ।
अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला, अमेरिकी दूताबासले विज्ञप्ती जारी गरी भनेको छ ।




