• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख १७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • ८. आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ९. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • १०. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

यौनसम्पर्क नगर्दा पनि किन मेरो योनी चिलाउँछ ?


प्रश्न : म २० वर्षीया अविवाहित महिला हुँ । दुई वर्षअघि मेरो केटा साथीसँग यौनसम्पर्क हुन्थ्यो तर अहिले हुँदैन । आजभोलि मेरो योनि चिलाउँछ र खुकुलो पनि छ । यसले भविष्यमा समस्या निम्त्याउँछ कि जस्तो लाग्छ, मलाई यसको सहज समाधान बताइदिनुहुन अनुरोध छ । उत्तर : कतिपय योनिको शोथ वा संक्रमणले योनि चिलाउने हुन सक्छ । यसका लागि विशेष गरेर ट्राइकोमोनियासिस वा क्यान्डिडियासिसजस्ता संक्रमण जिम्मेवार हुन्छ ।

ट्राइकोमोनियासिस हुँदा हरियो–पँहेलो किसिमको फोमजस्तै योनिश्राव हुने तथा योनि चिलाउने हुन्छ भने क्यान्डिडियासिस हुँदा सेतो बाक्लो दहीजस्तै योनिश्राव भै चिलाउँछ । क्यान्डिडियासिस एक ढुसी जातको क्यान्डिडा एल्विकान्स भनिने सूक्ष्मजीवले गराउँछ भने ट्राइकोमोनियासिस ट्राइकोमोनास भ्याजिनालिस भनिने एक कोषीय प्राणीले गराउँछ ।

तपाईंलाई थाहै होला, यौनरोग यौनसम्पर्कबाटै संक्रमित हुन्छ । आफ्नो केटासाथीसँगको यौन सम्पर्कलाई तपाईंले कत्तिको सुरक्षित बनाउनुभएको थियो थाहा भएन । समस्या कायम रहे चिकित्सकको सल्लाहमा औषधी सेवन गर्नुहोला । त्यसबाहेक यौन अंगको सरसफाइको कमी तथा कमजोर स्वास्थ्यले पनि यस्तोसंक्रमणलाई बढावा दिन्छ । कडा किसिमको साबुन वा डियोडेरान्टको प्रयोगका साथै एन्टिबायोटिकको अनावश्यक सेवनले पनि यस्तो हुन सक्छ ।

खुकुलो योनिको कुरा : व्यक्तिअनुसार लिंग वा योनिको नाप र आकारमा धेरै भिन्नता हुन्छ । कतिपय स्थितिमा लिंगको गोलाइसँग तुलना गरी यो खुकुलो भयो कि भनिन्छ । तपाईंले कसरी योनिको नाप लिनुभयो र खुकुलो भयो भन्ने कुरा थाहा पाउनुभयो ? तपाईंले आफ्नो योनिलाई किन खुकुलो भन्नुभएको हो बुझ्न सकिएन । योनि मांसपेशीले बनेको एकदमै लचिलो वा भनौं तन्किन सक्ने गुण भएको नली आकारको अंग हो, जसको लम्बाइ सामान्यतया ३ देखि ४ इन्च हुन्छ ।

योनि नली आकारको अंग भए पनि पाइपको जस्तो जतिबेला पनि प्वाल वा खाली ठाउँ रहेको स्थिति भने हुँदैन । सामान्य अवस्थामा यसका भित्ताहरू एक–अर्कासँग टाँसिएको अवस्थामा हुन्छन् तर लिंग प्रवेश गर्दा यसले त्यसका लागि स्थान दिन्छ । एकछिन विचार गर्नु होस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधैं खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने हुन्छ र ? पक्कै हुँदैन । ठूलो लड्डु खाएपछि हाम्रा ओठले पातलो सियो पनि राम्रोसँग समाउन सक्छ । यौनसम्पर्क राख्दैमा योनि खुकुलो हुने कुनै वैज्ञानिक आधार छैन ।

यौन उत्तेजना हुँदा धेरै पानी अर्थात् योनि रस आएर अत्यधिक चिप्लो हुँदा खुकुलोपन महसुस हुन्छ । अत्यधिक चिप्लो हुँदा अलिकति पुछेर यौनसम्पर्क गर्दा हुन्छ तर योनिलाई सुख्खा नै बनाउनु बुद्धिमानी हुँदैन । योनि कसिलो बनाउन के गर्न सकिन्छ ? यौनांग क्षेत्रको मांसपेसीलाई बलियो बनाउन गरिने कसरतलाई केगेल (Kegel) कसरत भनिन्छ । योनिमा औंला पसाई औंलालाई अँठ्याउने अर्थात् खुम्च्याउने गर्दा यो मांसपेशीलाई तपाईले महसुस गर्न सक्नुहुन्छ । उक्त मांसपेशी पहिचान गरेपछि औंला नपसाई पनि खुम्च्याउन सकिन्छ ।

सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने । बिस्तारै यसलाई बढाएर ५ सेकेन्डसम्म पुर्‍याउनुपर्छ । बिस्तारै १० देखि १५ पटकसम्म संकुचित गर्ने (खुम्च्याउने) र छोड्ने । यो क्रम बढाउँदै दिनभरिमा यस्तो गर्ने क्रम २० पटकसम्म पुर्‍याउनुपर्छ । ६ हप्तासम्म नियमित रूपमा यो कसरत गरे फरक महसुस हुने गरी केही फरक देखिन्छ ।

यो मांसपेशी संकुचित गरेर यौनसम्पर्कका बेला लिंगलाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ । यसले महिलालाई मात्र होइन, पुरुषलाई पनि यौनसुख प्राप्त गर्न मद्दत गर्छ । यसबाहेक अन्य उपायहरूका बारेमा भन्नुगर्दा, निश्चित तौलका योनि कोन (vaginal cone) महिलाको योनिमा राखेर त्यसलाई अड्काइराख्न भनिन्छ, जसले गर्दा यौनांगको मांसपेशी बलियो होस् ।

त्यसैगरी विद्युतीय उत्तेजना (electric stimulation) अर्थात् योनिमा एक किसिमको यन्त्र (probe) राखेर विद्युत्को हल्का करेन्ट प्रयोग गरी यौनांग क्षेत्र (pelvic floor) का मांसपेशीलाई खुम्चन र खुकुलो हुन उत्तेजित पारिन्छ । ल्भयअयलतचय Neocontrol नाम भएको यो साधन एउटा विशेष किसिमको कुर्सी हो । विशेष किसिमले चुम्बकीय क्षेत्रको प्रयोग गरेर यौनांग क्षेत्रको मांसपेशीलाई उत्तेजित पारिन्छ ।

यो उपचार सामान्यतः २० देखि ३० मिनेटका लागि साताको दुईपटक यस्तै आठ साताजति गरिन्छ । अन्त्यमा योनि खुकुलोपनको समस्या अति नै छ भने vaginoplasty (भजाइनोप्लास्टी) शल्यचिकित्सा पनि गर्नुपर्ने हुनसक्छ । यस्तो शल्यचिकित्सालाई सामान्यतया अन्तिम उपायका रूपमा लिइन्छ । अचेल यसमा लेजर प्रविधिको प्रयोग समेत सुरु भएको छ ।

भविष्यमा समस्या पर्ने कुरा : शारीरिक पक्षमा केन्द्रित भएर हेर्दा यसले तपाईंको जीवनमा खासै असर पर्ने देख्दिनँ । पहिलेको यौन सम्बन्धका बारेमा चर्चा गरिएन भने त्यो थाहा पाउन सजिलो छैन । महिला यौनांगको बनावटका सम्बन्धमा सामान्य जानकारी पुरुषलाई हुने भए पनि तपाईंको भगक्षेत्र तथा योनिको वनावट वा स्वरूप यस्तै थियो भन्ने कुरा थाहा हुँदैन र यौनसम्पर्क राखेको कुरा थाहा पाउन त अझ गाह्रो कुरा हो । आफ्नो यौनसाथी ‘अक्षत योनि’ वा ‘कुमारी’ हो–होइन भन्ने चासो धेरै पुरुषलाई हुन सक्छ, तर यो कुरा पत्ता लगाउन झने सजिलो छैन । योनिच्छद (hymen) भए वा नभएको कुरालाई नै मुख्य आधार बनाउन मिल्दैन ।

भविष्यमा समस्या पर्ने सन्दर्भमा यसको सामाजिक पाटो हेर्न बिर्सनु हुँदैन । घर–परिवार, छर–छिमेक अनि समाजले यस्ता सम्भावित सम्बन्धलाई जहिले पनि निकै चासोका साथ नियालिरहेको हुन्छ र गोप्यता वा गोपनियताको कुरा वास्तवमा तुलनात्मक हुन सक्छ । अर्को व्यक्तिसँगको सामिप्यता कसै न कसैले देखेको हुन्छ र यस्ता कुरा सार्वजनिक हुन सक्छन् र यो कुरा भविष्यमा तपाईंको यौन साथी वा श्रीमान्ले पनि थाहा पाउने सम्भावना हुन्छ ।

अर्को विचार गर्नुपर्ने कुरा तपाईंको केटासाथी के–कस्तो स्वभावको हुनुहुन्छ । तपाईको केटासाथीसँग सम्बन्ध अघि बढेन अनि उहाँको स्वभाव वा चरित्र ठीक छैन भने उहाँले पनि तपाईंहरूबीचको सम्पर्कलाई चर्चामा ल्याउने खतरा हुन्छ । यस्तो जोखिम कति छ भन्ने कुरा विचार गर्नुपर्छ । कतिपय स्थितिमा उसले भयादोहन blackmail गर्न पनि सक्छ, त्यसैले भयादोहन गर्न नसकोस् भनेर मन बलियो बनाउनुपर्छ । परिस्थिति खुलस्त भएको स्थितिमा जीवन अघि बढाउने अर्थात् सामना गर्ने अठोट छ भने तपाईंलाई डर–धम्की देखाउन सजिलो हुने छैन । साप्ताहिकबाट

शनिबार, भदौ २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने
भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • २.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ३.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ४.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ७.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ८.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.