• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ४. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ८. आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ९. नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • १०. आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

भरतपुरमा भदौं २२ गतेबाट तीज विशेष एक्स्पो हुने


चितवन, भदौं १९-

भरतपुरमा भदौं २२ गतेबाट हुने तीज विशेष एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ ।

 

एक्स्पोसम्बन्धी जानकारी दिन चितवन उद्योग संघ महिला उद्यमी मञ्च र युवा उद्यमी मञ्चले संयुक्त आयोजनामा गरेको पत्रकार सम्मेलनमा तयारीबारे जानकारी गराइएको हो ।

 

पत्रकार सम्मेलनमा चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँवर र उद्यमी मञ्चकी उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सृजना सोतीले मेलाको बारेमा जानकारी गराएका थिए ।

आर्थिक मन्दीको वर्तमान समयमा आर्थिक गतिविधिलाई थप चलायमान बनाई महिला उद्यमीहरुलाई दिगो उद्यमशिलताको लागि प्रेरणा दिन सहयोग मिलोस् भन्ने हेतुले तीजको अवसर पारेर चितवन मै पहिलो पटक मिति २०८० भदौ २२ गतेदेखि २४ सम्म एक्स्पो हुन गइरहेको आयोजकले जनाएका छन् ।

पत्रकार सम्मेलनमा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले महिलाहरुलाई उद्यमी बन्नका लागि प्रेरित गर्न, नेपालका लघु, घरेलु तथा साना महिला उद्यमीहरुलाई प्रवद्र्धन गर्न र उनीहरुका लागि बजार खोज्न उपयुक्त प्लेटफर्म प्रदान गर्न एक्स्पो गर्न लागेको बताए । उनले ब्राण्ड र कम्पनीको छवि बढाएर महिला उद्यमीहरूको उत्पादन र सेवाहरू प्रवद्र्धन गर्ने एक्स्पोको लक्ष्य भएको पत्रकार सम्मेलनमा जानकारी दिए । एक्स्पोको पहिलो दिन एक विशेष कार्यक्रमका बीच शुभारम्भ गरिनेछ, दोस्रो दिन उद्यमशिलता सम्बन्धी सेमिनार तथा अन्तरक्रिया आयोजना गरिनेछ भने एक्स्पोको अन्तिम दिन भदौं २४ गते ‘उद्यमशीलतामा महिलाको सहभागिता, अवसर र चुनौती’ शीर्षकमा अन्तरक्रिया गरिने भएको छ । उद्यमी महिलाहरुको समूहगत तीज गीत प्रतियोगिता समेत आयोजना गरिने आयोजकले जनाएको छ ।

एक्स्पोमा हस्तकलाका सामानहरु, तीज विशेष सामग्रीहरु, स्वदेशी लत्ता कपडा, जुत्ता, चप्पल बुटिकका उत्पादनहरु, गिफ्ट आइटम र गरगहना (ज्वेलरी)हरु, खाद्यान्नका परिकारहरु, मेहन्दी, सौन्दर्य सामग्री र त्यसका सेवाहरु, होम डेकोर, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङका सामग्रीहरु, भोकेशनल तालिम केन्द्र तथा कलेजहरु, बैक तथा वित्तीय संस्थाहरुलगायतका ६० भन्दा बढी स्टलहरु रहने छन् ।

यस एक्स्पोमा एजुकेशन पार्टनरको रुपमा बोस्टन कलेज, बेभरेज पार्टनर बोटलर्स नेपाल (तराई) लि., आईएसपी पार्टनर वल्र्ड लिंक, म्यागेजिन पार्टनर नारी पत्रिका,मार्केटिङ पार्टनर इभेन्ट संसार रहेका छन् । साथै नेपाल उद्योग परिसंघ महिला नेतृत्व मञ्चको विशेष सहकार्य रहेको छ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस एक्स्पोमा १० हजार भन्दा बढी व्यक्तिले अवलोकन गर्ने र ५० लाखभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । एक्स्पोबाट बचत हुन आउने रकमलाई महिला उद्यमी मञ्चले चितवन उद्योग संघ औद्योगिक पाठशाला विभागसँगको सहकार्यमा महिला उद्यमीहरुको सीप विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएका छन् ।

 

 

मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.