अभिनेत्री श्वेता खड्का सोमबार वैवाहिक जीवनमा बाँधिएकी छिन् । काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्रसिंह राउतसँग उनले विवाह भएको हो ।
सञ्चारमाध्यममा खड्काको विवाहबारे यसअघि नै समाचार सार्वजनिक भइसकेको थियो । तर, उनले गत आइतबार मात्र यसबारे औपचारिक जानकारी दिएकी थिइन् ।
विवाहबारे खड्काले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै भनेकी थिइन्, ‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ वर्षदेखि एक्लै हिँडिरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरैपटक लडेकी छु ।
अब उठ्नै सक्दिनँ कि भन्ने कमजोर भावले थिचेको त्यो वेलामा आफ्नो हात समातेर उठाइदिने कुनै सहाराको आशा हुँदो रहेछ ।’ यसकारण पनि आफू वैवाहिक जीवनमा बाँधिएको खड्काको भनाइ छ ।
नायिका श्वेता खड्का परिवारका सबै सदस्यहरु सहित पहिलो पटक मिडिया देखा परेकी छिन् । एक युट्युवसँगको कुराकानीका क्रममा श्वेतालाई उनकी सासुले श्वेतालाई बुहारीको रुपमा नभई छोरीको रुपमा स्विकारेको बताएकी छिन् ।
श्वेताकी सासुले श्वेता आफ्नो कान्छो छोराको पेमिकाका रुपमा घरमा आएका कारण श्वता बुहारीका रुपमा भित्रिए पनि आफ्नो छोरी नभएका कारण पनि श्वेतालाई छोरीकै ब्यबहार गर्ने उनले बताइन् ।