• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

यस्तो छ आजको मौसम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ७. यस्तो छ आजको मौसम

चितवनमा एक हप्तामा नौ हजार २५ गाईभैँसीमा लम्पी स्किन विरुद्धको खोप

हेटौँडा, भदौ ५
बागमती प्रदेशका १३ वटै जिल्लाका गाईभैँसीलाई खोप लगाउने अभियान तीव्र पारिएकोे छ । प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले चितवनमा एक हप्तामा नौ हजार २५ गाईभैँसीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ भने दोलखामा दुई सय ८४ मात्रा खोप लगाइएको बताएको छ । भक्तपुरमा नौ सय २१ गाईभैँसीमा खोप लगाइएको मन्त्रालयको तथ्याङ्क छ ।

यस्तै ललितपुरमा एक हजार चार सय ३७, मकवानपुरमा पाँच हजार नौ सय ५६, धादिङमा तीन हजार छ सय १० पशुमा खोप लगाइएको छ । त्यसैगरी सिन्धुलीमा दुई हजार चार सय ९०, रामेछापमा एक हजार नौ सय ४२, सिन्धुपाल्चोकमा एक हजार आठ सय ९९, काभ्रेमा छ हजार ७७, नुवाकोटमा तीन हजार तीन सय ७७ र रसुवामा एक हजार एक सय ८८ पशुमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार एक लाख १० हजार चार सय ४० पशुमा यो रोगको सङ्क्रमण देखापरेको र छ हजार दुई सय ९१ पशुको मृत्यु भएको बताइएको छ ।

प्रदेशका आठ भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रमार्फत खोप लगाउने खोपकर्ता नियुक्त गरेर कूल एक सय ४६ खोपकर्तालाई १३ वटै जिल्लाका लम्पी स्किन प्रभावित स्थानीय तहका पशुमा खोप लगाउनका लागि परिचालन गरिएको मन्त्रालयले जनाएको छ । यो अभियानअन्तर्गत ५० हजार पशुमा खोप लगाउने मन्त्रालयको लक्ष्य लिएकामा बर्सातका कारण केही जिल्लामा लक्ष्यअनुसार खोप लगाउन नसकिएको जनाइएको छ ।

सप्ताहव्यापी खोप अभियानमा ४० हजार बढी पशुमा खोप लगाइएसँगै कूल खोप लगाइएको पशुको सङ्ख्या डेढ लाखभन्दा बढी गाईभैँसीमा खोप लगाइएको मन्त्रालयको तथ्याङ्क छ । प्रदेशमा प्रकोपका रुपमा देखापरेको लम्पी स्किन मकवानपुरमा नियन्त्रणमा आइरहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा पहिलो पटक मकवानपुरमा देखिएको उक्त सङ्क्रमण मकवानपुरबाट नै नियन्त्रणका क्रममा रहेको हो ।
मन्त्रालयका सचिव डा शरणकुमार पाण्डले लम्पी स्किन रोग नियन्त्रण गर्न प्रदेशले पहिलो पटक सरकारी निकायबाट खोप उपलब्ध गराएको जानकारी दिनुभयोे । उहाँका अनुसार मन्त्रालयबाट मोबाइल एम्बुलेन्स सञ्चालनको प्रक्रिया अगाडि बढाएकाले किसानले फोन गर्दा मोबाइल एम्बुलेन्सबाट प्राविधिक सहयोगमा घरघरमा पु¥याउने गरी कार्यक्रम ल्याउने तयारी भइरहेको छ । हाल सङ्क्रमण दर घट्दै गइरहेको उहाँको भनाइ छ ।

प्रदेशमा पहिलो पटक मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा देखिएको लम्पी स्किन सङ्क्रमण मकवानपुरमा नै कम हुँदै गएको बताइएको छ । उक्त सङ्क्रमणका कारण साउन अन्तिमसम्म जिल्लामा १३ हजार नौ सय ९१ पशु प्रभावित भएकामा पाँच सय पशु मरिसकेका छन् । गर्मीयाम सुरु भएलगत्तै पशुमा प्रकोपका रुपमा रहेको लम्पी स्किन रोग गत पुसबाट फैलिएको मकवानपुरका विज्ञ केन्द्र प्रमुख चिकित्सक बज्रकिशोर ठाकुरले बताउनुभयो ।

उहाँका अनुसार रोग नियन्त्रण गर्न जिल्लाका दश स्थानीय तहमा उपलब्ध गराइएको सात हजार मात्रामध्ये तीन हजार नौ सय २५ मात्रा खोप लगाइसकिएको छ । विज्ञ केन्द्र मकवानपुरबाट स्थानीय तहलाई छ हजार एक सय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयबाट एक हजार डोज प्राप्त भएको थियो । खोप लगाउनका लागि १८ जना भ्याक्सिनेटर नियुक्त गरेर सप्ताहव्यापी खोप अभियानपूर्व जिल्लामा २४ हजार छ सय छ पशुलाई खोप लगाइएको उहाँको भनाइ छ । रासस

मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत
रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक
टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि
यस्तो छ आजको मौसम
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.

  • ७.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • ८.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.