काठमाडौं,भदौ ३-
पशु सेवा विभागकी उपमहानिर्देशक डा. प्रेरणा सेढाईं भट्टराईले निरीक्षणका क्रममा भारतबाट भित्र्याइएका कुखुराहरू मरेको अवस्थामा प्याकिङ गरेर उपभोक्तासम्म पुग्ने गरेको पाइएको बताएकी छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री नारायणकाजी श्रेष्ठलाई ब्रिफिङ गर्दै उनले उपभोक्ताको भान्छामा मरेका कुखुराको मासु पुगिरहेको बताएकी हुन् ।
भारतबाट रातको समयमा कुखुरा ल्याइने गरिएको र ती कुखुराहरू बाटोमा ल्याउँदै गर्दा वा खोरमा ल्याएर राखिएपछि मर्ने गरेको र त्यसैलाई काटेर बजारमा पुर्याइने गरेको हो ।



