• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ४. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ७. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ९. साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • १०. नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

ड्रागन खेतीमा रमाउँदै एमाले नेता सुवेदी


चितवन, साउन २९-

ड्रागन फ्रुट्स (सिउँडी फल)यहाँको बजारमा नयाँ फलका रुपमा लोकप्रिय छ । पछिल्लो समय धेरै किसानले रुचाएको यो नयाँ फल फलाउन यहाँका ६० वर्षीय शम्भु सुवेदी निकै मेहनतका साथ लाग्नुभएको छ । आफ्नो जीवनको अधिकांश समय नेपाली राजनीतिमा बिताउनुभएका सुवेदीको अहिलेको दिनचर्या ड्रागन फ्रुट्स खेतीमा बित्ने गरेको छ ।

 

बिरुवा उत्पादनदेखि बिक्रीसम्म उहाँ जुट्दै आउनुभएको छ । रोजगारीको सिलसिलामा युवा विदेश पलायन हुँदै गर्दा उहाँले व्यावसायिक कृषि गरेर यहीँ सम्भव छ भन्ने देखाउनु भएको छ । भरतपुर महानगरपालिका –७ निवासी सुवेदीले विगत तीन वर्षदेखि दुई बिघा जमिन भाडामा लिएर व्यावसायिक रुपमा ड्रागन खेती गर्दैआउनुभएको छ । यो खेतीसँगै उहाँले सोही जमिनमा तरकारी, मकै लगायतको खेती गर्दै आउनुभएको छ । सुवेदीले चितवन एकेडेमी फर टेक्निकल कलेजको भरतपुर–७ प्रेमबस्तीमा रहेको जग्गा वार्षिक प्रतिकठ्ठा रु दुई हजार पाँच सयमा भाडामा लिएर खेती गर्दै आउनुभएको छ ।

 

उहाँले अहिले सो जमिनमा सूर्यमुखी फूल, तरकारी र ड्रागनखेती गरेर वार्षिक रु पाँच लाखदेखि सात लाखसम्म बचत गर्दै आउनुभएको छ । आफु रोजगारीको सिलसिलामा काठमाडौँ बस्दा ड्रागन खाएको र सानैदेखि यसको खेती गर्ने सोच भएकाले अहिले त्यसलाई पूरा गर्न आफु लागेको उहाँले बताउनुभयो । उहाँले मलेसियाबाट नेपाल ल्याएर हुर्काएका एक हजार, भियतनामका दुई हजार र भारतको राजस्थानका दुई हजार गरी पाँच हजार बिरुवाबाट खेती गर्नुभएको हो । सुरुमा उहाँले मेसियाबाट ल्याइएका बिरुवाबाट खेती थाल्नुभएको हो ।

उहाँले क्रमशः अन्यत्रबाट बिरुवा ल्याउनु भएको हो । उहाँले भन्नुभयो “सुरुमा मैले मलेसियाबाट ल्याएको ड्रागनको बिरुवाबाट यो खेती सुरुवात गरेको हुँ ।” सुवेदीले तिनै बिरुवा उत्पादन गरेको एक सय किलो ड्रागन फुट्स गतवर्ष दुबई पठाउनुभयो । उहाँले भन्नुभयो “अहिले पनि कतारमा कुरा भइरहेको छ ।” यसको माग विदेशमा समेत बढ्दो मात्रामा रहेको उहाँको भनाइ छ । विदेशमा राम्रो माग रहेको जनाउँदै उहाँले उत्पादन गर्न सके बजारको अभाव नहुने बताउनुभयो ।

सुवेदीको बारीमा अहिले छ प्रकारका ड्रागनका बिरुवा छन् । त्यसमध्ये सेतो र तीन थरी रातो रङ्गको ड्रागनको उत्पादन भइरहेको उहाँले बताउनुभयो । अहिले उहाँको बारीमा भियतानाम र अमेरिकाबाट ल्याइएका बिरुवा उत्पादन दिने तयारीमा छन् । उहाँले भन्नुभयो, “गतवर्ष मैले रु १० लाखको ड्रागन बेचेको हो, अहिले पनि रु तीन लाखको फल बिक्री गरिसकेको छु ।”

बिरुवा बेच्न सके नाफा बढ्ने उहाँको भनाइ छ । गतवर्ष रु तीन लाख बराबरका बिरुवा बिक्री गरेको सुवेदीले बताउनुभयो । सुरुवातमा लगानी धेरै लागे पनि अन्य वर्षमा खासै लगानी नहुने उहाँले जानकारी दिनुभयो । बिरुवा रोपेपछि हरेक वर्ष मजदुर, मल र जग्गा भाडामा मात्रै खर्च हुने उहाँको भनाइ छ ।

विदेशमा यस फलबाट वाइन, साबुन, स्याम्पु, टुथपेष्ट, फेस क्रिम जस्ता मानव जीवनमा आवश्यक प्रसोधित सामग्रीको उत्पादन हुने गरेको सुवेदीले जानकारी दिनुभयो । उहाँले यस खेतीमा एक पटकमा लगानी गरे पछि २५ वर्षसम्म उत्पादन लिन सकिने बताउनुभयो । उहाँको तीन वर्षको अनुभवले आफ्नो जमिन हुनेले थोरै ठाउँमा धेरै आम्दानी गर्न सक्छन् । उहाँले भन्नुभयो “आफ्नो बारी बाझै छाडेर विदेश जानुपर्दैन ।” बिरुवा लगाएको पाँच÷छ महिनाबाट उत्पादन लिन सकिने उहाँको भनाइ छ ।

वर्षमा १५ देखि २० पटकसम्म एउटै बोटबाट उत्पादन लिन सकिने यो फल विशेष गरी जेठदेखि कात्तिकसम्म उत्पादन हुने गर्दछ । जिल्लामा ५० देखि ६० बिघा क्षेत्रफलमा यो खेती गरिएको अनुमान छ । यहाँको उत्पादन स्थानीय बजार, काठमाडौँ, पोखरा लगायतका सहरमा पुग्ने गरेको छ । कतिपय उत्पादन विदेशसमेत जाने गरेको छ । सुवेदी नेकपा एमाले)को प्रदेश समिति सदस्य हुनुहुन्छ । विदेशमा रु ३०/४० हजार कमाउन जानुभन्दा यही व्यावसायिक कृषि कर्म गर्नु उत्तम हुने उहाँको सुझाव छ ।रासस

सोमबार, साउन २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ४.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.