• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, साउन १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

दाँतमा प्वाल परेको वा किरा लागेको छ ? अपनाउनुहोस् यी घरेलु उपाय


दाँतको साइनो अनुहारको सौन्दर्यसँग मात्र छैन, स्वास्थ्यसँग पनि छ । चिकित्सकहरु भन्छन् नि, ‘राम्ररी चपाएर मात्र खानेकुरा निल्नुपर्छ, नभए अपच हुन्छ ।’ चपाउनका लागि दाँतको भूमिका हुन्छ । तर, दाँत नै सडिएको, भाँचिएको वा किरा परेको छ भने ? खानेकुरा टुक्राउन र पचाउनमा केही समस्या पक्कै हुन्छ । त्यसैले दाँतको स्वास्थ्यलाई निकै ध्यान दिनुपर्छ । दाँत सडिएको र त्यसमा खाल्डो परेको अवस्थालाई क्याभिटी भनिन्छ । के हो क्याभिटी, किन हुन्छ भनेर जानेको खण्डमा घरेलु विधि अपनाएर पनि यो समस्याबाट मुक्त हुन सकिन्छ ।

किन हुन्छ क्याभिटी ? दाँतमा प्वाल पर्नुलाई नै चिकित्सकीय भाषामा क्याभिटी भनिन्छ । मुखमा उत्पन्न हुने एसिडका कारण दाँतको इनामेल खिइन्छ र दाँतमा क्याविटी हुने गर्छ । क्याभिटीको समस्या मुखमा रहेको ब्याक्टेरियाको कारण हुन्छ । मुखमा रहेका व्याक्टेरिया दाँतको जडामा जम्मा भई काई लागेमा त्यसमा रहेको व्याक्टेरियाले चिनी तथा कार्वोहाइड्रेटलाई अम्लीयपनामा परिवर्तित गरिदिन्छ । यसले गर्दा दाँतमा खाल्डो परी क्याभिटी हुने गर्छ । क्याभिटी भएमा दाँत दुख्ने तथा दाँतमा क्षति पुग्ने गर्छ । यद्यपी, केही घरेलु उपाय अपनाएर प्राकृतिक तरीकाले नै क्याभिटीको समस्यालाई कम गर्न सकिन्छ।

ल्वाङ : क्याभिटी लगायत दाँत सम्बन्धि कुनै पनि समस्यामा ल्वाङको प्रयोग प्रभावकारी मानिन्छ । ल्वाङमा एन्टी इन्फ्लेमेन्टरी, एनाल्जेसिक तथा एन्टी व्याक्टेरियल तत्व भएका कारण यसले दाँतको दुखाई कम गर्नुका साथै दाँतमा क्याभिटी फैलिन दिदैन। क्याभिटीका कारण दाँतमा समस्या उत्पन्न भएमा एक चौथाई तिलको तेलमा २/३ थोपा ल्वाङ्गको तेल मिसाएर राती सुत्नु अगाडी त्यसको लेपलाई क्याभिटी भएको दाँतमा लगाउनु पर्छ । यसले दाँतको समस्या कम गरी दाँतलाई आराम दिलाउँछ ।

नुन : एन्टीसेप्टिक र एन्टीबायोटिक गुणका कारण नुनको प्रयोग क्याभिटीको उपचारमा हुने गर्छ । नुनको प्रयोगले दाँतको दुखाई तथा दाँत सुन्निने समस्या कम गर्नुका साथै कुनै पनि किसिमका संक्रमण तथा मुखमा व्याक्टेरियाको वृद्धि हुनबाट रोक्छ । नुन द्धारा क्याभिटीको समस्या कम गर्न एक चम्चा नुनलाई तातो पानीमा मिसाएर कुल्ला गर्नुपर्छ । समस्या कम नभएसम्म यस प्रक्रियालाई दिनमा तीन पटक दोहर्‍याउनु पर्छ । यसबाहेक, आधा चम्चा नुनलाई थोरै सरस्यूको को तेल र कागतीको रसमा मिसाएर यसको लेपले गिजामा मसाज गर्नुपर्छ । दाँतको व्याक्टेरिया नष्ट गर्न यस उपायलाई केही दिनसम्म दिनमा दुई पटक दोहर्‍याउनुपर्छ ।

लसुन : एन्टी व्याक्टेरियलको साथ एन्टीबायोटिक गुणका कारण लसुनको प्रयोग क्याभिटीमा प्रभावकारी मानिन्छ। लसुनले दाँत टुक्रने तथा क्याभिटीको समस्या कम गर्न मद्दत गर्नुका साथै दाँतको दुखाईबाट समेत राहत दिलाउँछ । र, दाँतलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसको लागि ३ देखि ४ कल्ली लसुनको पोटीलाई पिनेर एक चौथाई सिधा नुनमा मिसाएर लेप बनाउनु पर्छ । र, उक्त लेपलाई संक्रमित दाँतमा लगाएर करिब १० मिनेट राख्नु पर्छ । यो विधिलाई केही दिनसम्मका लागि दिनमा दुई पटक अपनाएको खण्डमा क्याभिटीको समस्या निकै कम हुन्छ ।

जेठी मधु (मुलेठी) : अमेरिकन केमिकल सोसाइटीको जर्नल अफ नेचुरल प्रोडक्टमा प्रकाशित एक लेख अनुसार जेठी मधुमा रहेको एन्टी व्याक्टेरियल तत्वले दाँतमा क्याभिटीको विकास हुन दिदैन । साथै, दाँतमा काई लाग्न नदिएर दाँतलाई स्वस्थ राख्दछ। जेठी मधुको जरालाई धुलो बनाएर मञ्जनको रुपमा दाँतमा प्रयोग गर्न सकिन्छ । त्यस्तै, मुलेठीको डाढलाई टुथब्रशको रुपमा पनि दाँतमा प्रयोग गर्न सकिन्छ ।

बेसार : आयुर्वेदिक चिकित्सा पद्धतिले बेसारलाई क्याभिटीबाट हुने दाँतको दुखाई कम गर्नका लागि उपयोग गर्दछ । बेसारमा रहेको एन्टी व्याक्टेरियल तथा एन्टी इन्फ्लामेन्टरी गुणले गिजालाई स्वस्थ राख्नुका साथै व्याक्टेरियाको संक्रमणका कारण दाँत झर्ने समस्याबाट रोक्दछ । बेसारको धुलोलाई विशेषगरी, प्रभावित दाँतमा लगाएर केही बेर राख्नु पर्छ । र, मनतातो पानीले कुल्ला गर्नुपर्छ । यसले दाँतमा क्याभिटी हुन दिदैन ।

नीम : निमको पात पनि क्याभिटीको उपचारमा प्रभावकारी तथा लोकप्रिय मानिन्छ । यसमा रहेको एन्टी व्याक्टेरियल गुण व्याक्टेरियाले दाँतमा क्याभिटी हुन दिदैन । र, भएको छ भने पनि उक्त समस्यालाई हटाउन मद्दत गर्दछ । यसबाहेक, यसले गिजा स्वस्थ तथा मजबुत राख्न पनि सहायता प्रदान गर्छ । दाँत तथा गिजामा नीमको रसले मज्जाले दल्नु पर्छ र केही समय राखेर मनतातो पानीले कुल्ला गर्नुपर्छ । यो विधि दिनमा एक वा दुई पटक अपनाउनु पर्छ । त्यबाहेक नीमको डाढको प्रयोग दाँत माझ्नका लागि पनि गर्न सकिन्छ ।

अमला : अमला जस्ता जडिबुटी पनि क्याभिटीको उपचारमा महत्वपूर्ण मानिन्छ। अमलामा रहेको एन्टीअक्सिडेन्ट तत्व तथा भिटामिन सीका कारण यसले व्याक्टेरिया तथा रोगको संक्रमणसित लड्न मद्दत गर्छ । साथै, सासको दुर्गन्ध हटाउन तथा मुख सफा गर्न पनि अमलाको सेवन प्रभावकारी मानिन्छ। अमलाई सिंगै वा आधा गिलास पानीमा आधा चम्चा अमलाको रस मिसाएर पनि यसको सेवन नियमित गर्न सकिन्छ ।

आइतबार, साउन २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने
आहा ! ढोरपाटन
बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना
रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान
गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

भर्खरै

  • १.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • २.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

  • ४.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.