काठमाडौं, १६ माघ ।
त्यस्ता धेरै मानिसहरु हुन्छन्, जसलाई बारम्बार पिसाब लाग्ने समस्याले सताएको हुन्छ ।
प्रायः जुन मानिसले पानी पर्याप्त मात्रामा पिउँछ, उनीहरुको शरीरमा पिसाबको मात्रा धेरै बन्छ । यद्यपि, केहि मानिसलाई पानी धेरै नपिउँदा पनि बारम्बर पिसाब लागिरहन्छ ।
सामान्यतया, यस्तो स्थिति तबमात्र हुन्छ, जब कुनै व्यक्तिको आफ्नो ब्ल्याडर (पिसाब थैली) मा नियन्त्रण हुँदैन ।
बारम्बार पिसाब आउनुका विभिन्न कारणहरु हुन्छन् । यदि कुनै रोग लागेको छ भने पनि बारम्बार पिसाब आउने समस्या हुन सक्छ । यद्यपि, अत्यधिक पानी पिउनु पनि बारम्बार पिसाब लाग्नुको मुख्य कारण हुन्छ । तर, यस्ता स्वास्थ्य समस्या छ भने पनि सामान्य भन्दा बढी पिसाब लाग्ने समस्या देखिन्छ ।
डाइबिटिज
बारम्बार पिसाब लाग्नु डाइबिटीजको प्रमुख संकेत हो । बेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार व्यक्तिले एक दिनमा सामान्य रुपमा तीन लीटर पिसाब फेर्छ, तर डाइबिटिजको समस्या हुँदा यो मात्रा ३ लिटरबाट बढेर २० लिटरसम्म हुन्छ । यदि दिनभरमा ७ देखि १० पटक पिसाब फेर्छौँ भने यसलाई टाइप १ अथवा टाइप २ डाइबिटीजको भएको संकेत मान्न सकिन्छ ।
ओभर एक्टिभ ब्ल्याडर
ओभर एक्टिभ ब्ल्याडर त्यस्तो स्थिति हो, जसमा बारम्बार पिसाब आइरहेको महसुस हुन्छ । यसका कारणले दिनहुँको कार्यमा दुविधा आउँछ । बारम्बार पिसाब आउनु ओभर एक्टिभ ब्ल्याडरको एउटा सामान्य लक्षण हो ।
यूरिनरी ट्याक्ट इन्फेक्शन
यूरीनरी ट्याक्ट इन्फेक्शन अर्थात यूटीआई एउटा सामान्य रोग हो, जुन विशेष गरेर महिलामा देखिन्छ । यो रोग तब हुन्छ, जब किटाणुले मूत्र प्रणालीलाई संक्रमित गरिदिन्छ । यसको असर किडनी, ब्ल्याडर र यिनीहरुलाई जोड्ने नलिमा पनि पर्छ । त्यसो त यूटीआईको समस्या सामान्य हो, तर यसलाई समयमा नै ध्यान दिइएन भने यो संक्रमण किड्नीसम्म पनि फैलिन्छ र कुनै गम्भीर रोगको कारण बन्न सक्छ । यूटीआईका कारण पनि बारम्बार पिसाब लागेको महसुस हुन्छ । यहि समस्याका कारण कहिलेकाहिँ पिसाबमा रगत पनि देखिन्छ ।
पुरुषमा प्रोस्टेटसंग सम्बन्धित समस्या
पुरुषमा बारम्बार पिशाब आउनु प्रोस्टेटका विभिन्न समस्याको संकेत हो । जसमा बिनाइन प्रोस्टेटिक हाइपर प्लेसिया, जसले बढ्न थालेको प्रोस्टेटतर्फ संकेत गर्छ । प्रोस्टेटाइटिस जुन एउटा जीवाणु संक्रमणका कारण प्रोस्टेट सुनिएकोतर्फ संकेत गर्छ । प्रोस्टेट क्यान्सर तब देखिन्छ, जब प्रोस्टेटमा कोशिका अनियन्त्रित रुपले बढ्न थाल्छ ।
महिलामा बारम्बार पिसाब लाग्नुको कारण
महिलामा देखिने यूटीआई, ओभर एक्टिभ ब्ल्याडर इन्फेक्शन र डाइबिटीजबाहेक विभिन्न स्थितिहरुमा पनि पिसाब बारम्बार लाग्न सक्छ । जसमा गर्भधारणको समयमा, फाइबोएड, मेनोपज र ओभेरियन क्यान्सर जस्ता समस्या समावेश छन् । यस्तो समस्या भयो भने डाक्टरसंग सम्पर्क राख्नु आवश्यक छ । एजेन्सी