×
शनिबार, जेठ ३१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ३. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४. मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ५. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ७. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ८. आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ९. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • १०. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

प्रेमबारे केही कुरा


वर्तमान समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा प्रकट भैरहने बिषय बनेको छ प्रेम। यश आलेखमा त्यहीँ प्रेमबारे गम्भीर चर्चा गर्नु ठीकै हुन्छ भन्ने लागेको छ। यहाँ प्रेम भन्नाले आमाबुबालाई गरिने प्रेम वा आमाबुवाले सन्तामप्रती गर्ने प्रेम, जनावरलाई गरिने प्रेम, आफन्त वा साथीभाइबीचको प्रेम इत्यादिलाई भनिएको होइन। एउटा युवक र युवतीबीच हुने प्रेमलाई भनिएको हो। सामन्य बुझाईमा युवक वा युवतीमा नपर्ने र आम बोलीचालीको सभ्य भाषामा तेस्रो लिंगी भनेर सम्बोधन गरिनेहरूको प्रेमलाई पनि त्यहीँ युवक र युवतीबीचको प्रेमको श्रेणीमा राखेर चर्चा गर्दा हुने देखिन्छ।

प्रेमको बिषयमा चर्चा गर्दा यहाँ तीनजना विद्वानहरूको पुस्तक वा उहाहरूबाट प्राप्त ज्ञानको सहारा लिइएको छ। त्यसभित्र आफ्नो बुझाई पनि समावेश हुने नै भयो।

पहिलो विद्वान हुनुहुन्छ- साहित्यकार लक्ष्मीप्रसाद देभकोटा र उहाको पुस्तक लक्ष्मी निबन्ध संग्रह।

दोस्रो हुनुहुन्छ- ओशो र उहाँको पुस्तक सम्भोगबाट समाधितिर।

र तेस्रो विद्वान हुनुहुन्छ- आहुति।
आहुती सर, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको महासचिव पनि हुनुहुन्छ। मलाई चाहिँ सबैभन्दा वैज्ञानिक बिचार आहुती सरको नै लाग्छ।
प्रकृति, प्रेम, मानव, समाज, साहित्य वा दर्शन आदिबारे उहाँको बिचार सबैभन्दा वैज्ञानिक हुन्छ भन्ने लाग्दछ।

देभकोटाको कृतिहरूमा प्रेमबारे मसिनो संश्लेषण गरिएको पाइन्छ। सृजनाको मूल तत्व प्रेम हो र प्रेमको मूल कृया आनन्द दिनु हो भन्नू हुन्छ उहा।

हामी सुन्दर भन्ने चेत तब पाउछौ जब सत्यको आभास मिल्दछ र जहाँ सत्य छैन, त्यहा सुन्दर पनि हुँदैन। हरेकको हृदयमा सत्यका सानातिना झिल्काहरू झल्किने गर्दछ।

उसको चेतनाले बताउदछ कि रुप र रंगको पछाडि पनि अर्को रस छ। त्यो हो सौन्दर्य। त्यो हो प्रेम।
प्रेम नै सत्य हो, सत्य नै सुन्दर हो। पशु हेरेर सन्तुष्ट मान्दछ, मानव चोला हरेकको हृदय उघारेर हेर्न चाहन्छ तर आखाको नानी नै यस्तो छ कि उज्यालो पर्ने बित्तिकै खुम्चिदिन्छ। हामीमध्ये केही सिंगल नै हौला र हाम्रो प्रेम दुर छ तर सँगै छ दुरताको दीव्य जादु। इन्दृयगोचर दुनियाँले प्रेमको अनुभुती पाउदैन तर हृदयमा त्यसको भाव पैदा गरिदिन्छ देभकोटा भन्नुहुन्छ।

उहाले प्रेम बारे नै छुट्टै लेख त लेख्नुभएको छैन तर उहाँको कृतिहरूमा प्राणीमा हुने प्रेमबारे सजीव, सूक्ष्म र गहिरो संश्लेषण कोरिएको पाइन्छ। कस्ता कस्ता पण्डित, विद्वान, धार्मिक गुरुहरू वा आचार्यहरूभन्दा गहिरो ज्ञान देभकोटाले आफ्ना लेखहरूमार्फत उजागर गर्नु भएको छ। विशेषतः उहाँको लक्ष्मी निबन्ध संग्रह पुस्तकमा यस्ता कुराहरू हृदय छुनेगरी प्रकट भएको पाइन्छ।

ओशोको सम्भोगबाट समाधितिर पुस्तक धेरै चर्चित पुस्तकमध्येमा गनिन्छ। पूरै पुस्तकको सन्दर्भमा हाम्रो मत फरक छ तर त्यस पुस्तकभित्रको एउटा अध्याय जुन प्रेमबारे छ त्यो चाहिँ मलाई साह्रै गहकिलो लाग्छ।

# ओसोले प्रेम र प्रेममय जीवनमा धेरै जोड दिनुभएको छ। उहाको अनुसार प्रेम, परमात्माको पहिलो झल्को हो। र कसैको जीवन तब सार्थक बन्दछ जब उसको जीवन प्रेममय होस्।

वाहाको कुरा त्यति मात्रै होइन। गहिरो प्रेम र प्रेमपछिको सम्भोगको दौरान जोडी जुन समय सुन्यता, भाव सुन्यता र अहंकार बिहिनताको अवस्थामा पुग्छन तब तिनले आफूलाई बिर्सिएर दुईबाट एक हुन्छन्। दुबै एकआपसमा बिलिन हुन पुग्छन। दुई शरीर एक बन्न पुग्छ। त्यसरी बसेको प्रेम र प्रेमपूर्ण सम्बन्धबाट जन्मिने शिशु पनि प्रेममय भएर हुर्कन्छन्।

त्यस्तो बालकले झनै आफ्नो जीवनमा नवीन सृजना गर्ने प्रतिभा राख्दछन। त्यसकारण दम्पतीले आफ्नो जीवन जति प्रेममय बाच्छन र तिनको सम्भोग जति प्रेमपूर्ण हुन्छ त्यति नै उनीहरूको मन, मस्तिष्क स्वस्थ रहने मात्र होइन कि त्यसबाट जन्मिने शिशु पनि उस्तै हुने सम्भावना प्रवल रहन्छ।

प्रेमिल व्यक्तित्वहरू आफूमा झनझन विकास ल्याउन सक्षम हुन्छन। सम्भोगको दौरान जोडी आपसमा एकाकार भएर जुन आनन्द प्राप्त गर्छन् त्यो समाधिको प्रस्तान बिन्दु बन्न सक्छ भन्ने कुरा गर्दछन ओशो। ओसोको थप कुरा के पनि छ भने संसारभर ५ हजार बर्षदेखी आजसम्मको मानव समाजको इतिहास भनेको मुलतः धार्मिक इतिहास हो। धर्मले मानिसलाई प्रेमबारे जसरी सिकाउनुपर्ने थियो, त्यसको विपरीत सिकाउदै आयो ओसो भन्दछन र प्रचलित धर्म र धार्मिक संस्कारको खरो आलोचना गर्दछन।

मलाई चाहिँ प्रेम जसले जसलाई जहिले गरे पनि हुन्छ जस्तो लाग्छ। घृणा गर्न हुदैन प्रेम गर्न त भैहाल्छ नि। प्रेमबारे चर्चा गर्दा धेरैको बुझाई नै सही भएको जस्तो देखिदैन। प्रेमकै बिषयमा आहुती सरको बिचार पनि उल्लेख गरिनु झनै महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ।

आहुति सर भन्नुहुन्छ- प्रेम, प्राकृतिक रुपमा हुने गर्दछ तर प्रेमलाई व्यवस्थापन गर्न बनाइएको नियमहरू चाहिँ सांस्कृतिक हुने गर्छ। मान्छेले नबनाएको सबै चिज प्राकृतिक हो भने मान्छेले बनाएको सबै चिज सांस्कृतिक हो। हरेक देश र समाजमा प्रेमबारे बनाइएको नियमहरू फरकफरक हुने गर्दछ किनभने समाज पिच्छे समाजले आफ्ना नियमहरू बनाएको हुन्छ जुन अर्को समाजसँग मिल्न पनि सक्छ, नमिल्न पनि सक्छ वा केही मिलेर केही नमिल्ने हुन पनि हुनसक्छ।

प्रेम प्राकृतिक तर नियम चाहिँ सांस्कृतिक हुने भएकोले समाजले आफ्नो अनुकुल वा शासक र शासक वर्गले आफ्नो शासन दिर्घजीवी बनाइराख्न नियमहरू बनाएको पनि हुने गर्छ।

उहाँ थप भन्नू हुन्छ यौन, प्रेमको केन्द्रिय तत्व हो। यसको अर्थ यो होइन कि यौन भए मात्र प्रेम हुन्छ। बरु यसको अर्थ यो हुन्छ कि कुनै प्रेम जोडी प्रेममा घनिष्ठ भएपछि, उनीहरू आपसमा एकाकर हुने वा एउटा अर्कोमा पूर्ण रुपले विलिन हुने भाव जुन हृदय हुँदै पैदा हुन्छ, त्यस भावले गर्दा उनीहरू यौनको दिशातर्फ अघि बढ्छन। एक अर्कामा आफ्नो अस्तित्व पूर्ण रुपले बिर्सिएर समर्पित हुन खोज्छन्।

प्रेमलाई व्यवस्थित गर्न बनाइएका नियमहरू सांस्कृतिक हुन्छ तर प्रेम चाहिँ प्राकृतिक रुपमा पैदा हुने भाव हो। त्यसकारण मानिस वा कुनै पनि जीवमा पैदा हुने प्रेम जुन प्राकृतिक चाहना हो त्यसलाई सुहाउँदो नियमहरू बनाइनु सबैभन्दा उत्तम हुने देखिन्छ।

प्राकृतिक चिजलाई लामो समयसम्म रोक्दा वा त्यसको धार विपरीत दिशातर्फ मोड्न खोज्दा परिणाम नराम्रै आउने गर्दछ। प्रेमसँगै यौन आउने भएकोले प्रेम जसले जसलाई जहिले गरेपनि हुन्छ तर यौनको बिसयमा भने समाजले त्यसलाई ठीक ढंगले व्यवस्थित गर्नुपर्दछ, व्यवस्थापन गर्न नियमहरू बनाइनु पर्दछ।

आहुती सरको अर्को महत्त्वपूर्ण कुरा के हो भने मानिसको जिन्दगीभरको लक्ष्य प्रेम हुनु हुदैन।

प्रेम, मानिसको जिवनको एक कालखण्डको लक्ष्य हुनसक्छ तर समग्र जीवनको लक्ष्य प्रेम हुनु हुदैन। समग्र जीवनको लक्ष्य चाहिँ मानवताको मुक्ति हुनुपर्दछ।

प्रेमबारेको यस्तो बुझाइले मात्र थुप्रै दिलजलेहरू जीवनमा नयाँ आशा लिएर पुनः अघि आउन सक्ने क्षमता राख्दछन। यस्तो बुझाइले प्रेममा धोका पाएर छट्पटीएकाहरू थुप्रैलाई जीवनप्रतिको नयाँ चाहना भर्ने काम गरेको पनि छ। जुन ठीक हो।

धर्मको बिषयमा आहुती सर भन्नुहुन्छ- धर्म मानिसलाई नचाहिने कुरा हो। आजसम्म हामीले जेजती सांस्कृतिक नियमहरू बनाउदै आयौ त्यसको शिरमा खडा थियो धर्म जुन मानव जातिलाई आवश्यक थिएन।

हाम्रा सांस्कृतिक नियमहरू धर्मद्वारा निर्देशित भएका छन। धर्म विज्ञान होइन तर विज्ञान प्रकृतिभित्रको अर्को प्रकृति हो जुन मानिसले पत्ता लगाएको हो। त्यसकारण त्यसले प्रेम जुन प्राकृतिक रुपमा हुने गर्दछ त्यसलाई सुहाउँदो नियमहरू बनाउनुको सट्टा उल्टो कुराहरू लादे।
धर्मको इतिहास बढीमा १० हजार बर्षको छ भने मानिसको इतिहास अफृकाबाट विभिन्न चरण पार गर्दै यहासम्म आउन तय गरेको यात्राको दौरान होमो इरेक्टसको बेलादेखी हिसाब गर्दा पनि कम्तिमा १ लाख बर्ष भैसक्यो। धर्म त मानिसले बनाएको चिज हो। पछि शासक र शासक वर्गले त्यसलाई आफ्नो शासन गर्ने बैचारिक हतियारको रुपमा प्रयोग गर्दै आएको मात्र हो।

मानिसहरू प्रेमको निम्ति सुन्दर रुप भएको युवा वा युवतीहरू खोज्ने गर्दछन तर सुन्दरताबारेको यो बुझाई नै ठीक होइन। मार्क्सवादी सौन्दर्यशास्त्रले सुन्दरताबारे गरेको व्याख्या नै सबैभन्दा सही छ । यसै च्यानलमा मार्क्सवादी सौन्दर्यशास्त्रको भिडियो पनि राखिएको छ।

आहुती सर भन्नुहुन्छ- वास्तवमा प्रत्येक चीज र परिघटनाको अस्तित्व र सुन्दरताका निम्ति तिनको अन्तर्वस्तु मुख्य जिम्मेवार हुन्छ । मानिसका हकमा विचार अन्तर्वस्तु हो । त्यसपछि दुई प्रकारका रूप प्रकट हुन्छन् । एउटा आन्तरिक रूप जो मानिसको व्यवहार हो, अर्को बाहिरी रूप जो भौतिक शरीर हो । यसरी अन्तरवस्तु नै व्यक्तिको सुन्दरताको निर्णायक पक्ष हुन्छ जुन अन्तरवस्तु भित्री रूप अर्थात् व्यवहारमार्फत प्रकट हुन्छ । बाहिरी भौतिक रूप र अन्तरवस्तुका बीचमा एकरूपता हुन पनि सक्छ नहुन पनि।
प्रेमबारे तीन विद्वानहरू

 

कुनै प्रेम जोडीमध्ये एकले अर्कालाई धोका दिदा उसको अनुहार नै हेर्न मन नलाग्ने गरि जुन घृणा पैदा हुन्छ त्यस्तो किन हुन्छ होला त? उनुहार त त्यही नै हो। किनकी उसको व्यवहारमा खराब बदलाव आएकोले उ घृणित पात्र बन्न पुग्दछ। जसलाई हामी साच्चै माया गर्दछौ ऊ सुन्दर हो, जसलाई हामी घृणा गर्छौ, त्यो असुन्दर हो। संसारमा अधिकांशलाई आफ्नी आमा सुन्दर लाग्ने गर्छ के त्यो रुपले गर्दा हो त?

पैसाको लागि जे पनि गर्ने पुँजीवादले हरेक वस्तुलाई नाफाको निम्ति माल बनाएर बजारमा लैजान्छ। आजको उपभोक्तावादी संस्कृतिले मानिसमा जुन अनावश्यक नयाँनयाँ सामान किन्ने लत बसाल्दिएको छ त्यसले गर्दा आजको समयको प्रेम पनि निकै हदसम्म प्रभावित बन्न पुगेको छ। यदि कोही बजारमा जादा नयाँ नयाँ सामान किन्नैपर्ने मनोदशामा पुग्छन भने उसमा एकनिष्ठ प्रेमको भाव हराउदै जान्छ। त्यसकारण आजको समयको प्रेमलाई बजारले निकै हदसम्म प्रभावित गरेको कुरा सजिलै अनुभव गर्न सकिन्छ।

मानिसको प्रेम, भावना, बिचार, चेतना, ज्ञान, सुख-दुख इत्यादि सबै कुराहरू भौतिक र सामाजिक हुन्छ तर विद्यालय वा धर्मका ठेकेदारहरूले हामीलाई यस्तो कुरा सिकाउने गर्दैनन।

झन् आजको पुँजीवादले मानिसको बौद्धिकिलाई समेत बिकाउको माल बनाइदिएको छ। यश अर्थमा आजको समयको अधिकांश विद्वान भनाउदाहरू जो हरेक क्षेत्रमा व्याप्त छन उनीहरूलाई समेत पुजिवादके गोरुलाई झै नारेको छ। त्यसो हुनाले आजको विश्व समाज र सारा मानव जातिलाई कस्तो ज्ञान प्रवाह गर्दा लाभदायक हुन्छ भन्ने भन्दा पनि पुजिपतिले आफ्नो फाइदाको निम्ति जे जस्तो कुराहरू प्रसारण गर भन्यो त्यस्तै गर्ने भएका छन्। त्यसकारण पनि प्रेमबारे हामी अधिकांशको बुझाई सही नभएको हुनसक्छ।

मेरो बिचारमा प्रेम, एकले अर्कालाई फूल्न, फल्न, बढ्न, जिउन, बाच्न सिकाउने हुनुपर्दछ। ठीक प्रेम सम्बन्धले एकले अर्कालाई विकास गराउदै लैजाने हुन्छ। प्रेमले एकले अर्काको रिक्तता भर्ने काम गर्छ, गर्नुपर्ने हुन्छ।

आजकाल प्रेम विवाह गरेका जोडीहरू पनि छुट्टिने क्रम बढेकोले प्रेम गर्दा एकले अर्कालाई लामो समयसम्म चिनेर, बुझेर प्रेम गर्नु ठीक हुन्छ। त्यसको लागि… खैर व्यक्तिको आफ्नो रुचि र उसको स्वतन्त्रताको पनि कुरा रहन्छ।

धन्यवाद!

 

क्षितिज लामिछाने
सदस्य वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल।

बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह
ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने
क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ५.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

  • ७.
    ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

  • ८.
    एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.