चितवन महोत्सवको १४औँ शृङ्खलाको उद्घाटन भएको छ । बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले कलात्मक पानसमा दियो बालेर महोत्सव उद्घाटन गरेका हुन् । नारायणी नदि किनारको प्रदर्शनीस्थलमा सुरु भएको महोत्सव माघ ४ गतेसम्म चल्नेछ ।
उद्योग वाणिज्य सङ्घ चितवनको आयोजना एवं भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति, चितवनको मुख्य प्रबर्द्धनमा हुन लागेको उक्त महोत्सवमा चितवनको धर्म, संस्कृति र पर्यटनको विकासलाई केन्द्रित गरी कार्यक्रम तय गरिएको छ । महोत्सव मूल समारोह समितिका संयोजक चुननारायण श्रेष्ठले महोत्सवमा ४५० स्टल रहेका र २५ करोड रुपैयाँ बराबरको कारोबार हुने बताए । वि.सं. २०५३ सालदेखि हरेक दुई वर्षमा महोत्सव हुँदै आइरहेको छ ।




