• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

नारायणगढमा पुस २५ गतेबाट चितवन महोत्सव हुने

१९ पुस,चितवन ।

प्रत्येक २-२ वर्षमा हुँदै आएको चितवन महोत्सवको १४ औँ संस्करण आगामी पुस २५ गतेदेखी माघ ४ गतेसम्म नारायणगढमा हुने भएको छ ।

चितवनको गौरव र गरिमामय प्रस्तुती नाम दिएर हुँदै आएको महोत्सव नारायणी नदी किनारमा हुने आयोजक उद्योग वाणिज्य संघ चितवनले मंगलवार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । महोत्सवको उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने कार्यक्रम छ ।

जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवर्द्धनमा टेवा दिने उद्देश्यले आयोजना गरिने महोत्सवमा पुर्‍याउंदै चितवनको गरिमा र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्यले आयोजना गरिने यसपटकको महोत्सवमा ४५० स्टल रहने उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए ।

महोत्सवको टिकट शुल्क सर्वसाधारण लागि ६० र विद्यार्थीका लागि ३० रुपैँया तोकिएको छ । आन्तरिक तथा वाह्य पर्यटकसहित करिब ५ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा आयोजक समितिको रहेको छ भने १० दिनको अवधिमा करिब २५ करोड भन्दा माथिको कारोवार हुने अनुमान गरिएको छ ।

कोभिड १९ को विश्वव्यापी महामारीको भूमरीबाट भरखरै ब्यूतिन लागेको अर्थतन्त्र र सर्वसाधारणमा पलाउन लागेको आशाको किरणलाई यस वर्षको महोत्सवले थप उर्जा दिने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

महोत्सवमा कृषि, शिक्षा,स्वास्थ्य, पर्यटन, पोल्ट्री तथा उद्योग प्रवर्द्धनका विभिन्न गतिविधि सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले बताए । महोत्सवमा ७ वटा विशेष स्टल, डोम, र कृषि परिसर,अटो परिसर, सूचना तथा प्रविधि परिसर, मेड ईन नेपाल परिसर र घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको स्टल, विभिन्न संघ संस्थाका स्टल, तथा विभिन्न रेष्टुरेन्टहरु रहनेछन् ।

परम्परागत खानाको प्रवर्द्धनका लागि भन्दैं विगतका महोत्सवहरूमा सञ्चालन हुँदै आएको फुड फेस्टिभललाई यस वर्ष पनि निरन्तरता दिएर पौष २८ देखी माघ २ गतेसम्म नारायणगढ कै क्याम्पाचौर सञ्चालन गर्ने कार्यक्रम रहेको अध्यक्ष श्रेष्ठले बताए ।

महोत्सवमा चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रहेर विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठीहरु सञ्चालन गर्ने कार्यक्रम छ ।

दश दिन सम्म सञ्चालन हुने महोत्सवमा विविध खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिहरुको भेषभूषा, कला संस्कृति झल्कने विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, प्रतियोगितात्मक कृषिउपजको प्रर्दशनी, फर्न पार्कसमेत रहने छ ।

महोत्सव परिसरमा हुन सक्ने दुर्घटना तथा विपद्लाई मध्यनजर गर्दै महोत्सव अवधीभर एम्बुलेन्सको व्यवस्था, उद्धार टोलीको व्यवस्था, प्राथमिक उपचार केन्द्र, प्रत्येक दिन स्वास्थ्य शिविर, निशुल्क स्वास्थ्य परिक्षण लगायतका कार्यक्रमहरु आयोजना गरिने अध्यक्ष श्रेष्ठले बताए ।

हरेक महोत्सवमा चितवनको कुनै एक कृषि उत्पादनलाई विषेश ग्राहयतासहित प्रवर्द्धन गर्ने महोत्सवमा हुँदै आएकोमा यसपटक मौंरी र तोरीलाई प्रवर्द्धन गर्ने गरिने संघले जनाएको छ । महोत्सव स्थलमा मौरीको प्रतिमासहित तोरीबारीको निर्माण गरी प्रर्दशनी गरिनेछ ।

चितवन महोत्सव २०७९ को प्रवेशद्वार कलात्मक हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रदर्शक तथा अवलोकनकर्ताको सुविधाको लागि महोत्सव परिसरमा फ्रि वाईफाईको व्यवस्था हुने आयोजकले जनाएको छ ।

यसवर्ष नव उद्यमीहरुको पहिचान गर्ने उद्देश्यले क्तबचतक गउ लाई जोडदिंदै महोत्सव अवधिभर उद्यम गर्न चाहने युवाहरूको तथ्यांक संकलन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष श्रेष्ठले बताए ।

चितवन महोत्सव २०५३ सालदेखि हरेक २-२ वर्षको अन्तरालमा हुँदै आएको छ। विगतको २०७८ सालको १३ औं संस्करणको कोरोना महामारीका कारण ३ दिन मात्र सञ्चालन गरी स्थगित गरिएको थियो।

१३औँ संस्करणको चितवनको महोत्सवको तयारि यस्तो थियो

चितवन महोत्सवको तयारी ९५ प्रतिशत पूरा (फोटो र भिडियो सहित)

बुधबार, पुष २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.