गैँडाकोट
जनमुखी आदर्श कलेज गैँडाकोट १५ मा शिव राज धमलाको अध्यतामा १७ सदस्यीय युवा रेडक्रस सर्कल गठन
कार्यक्रमको अध्यक्षता( नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरका उपमन्त्री तथा जनमुखी आ। कलेजका सहायक क्याम्पस प्रमुख निराजन प्रसाद चौधरी ।
प्रमुख अतिथि ( क्यामपस प्रमुख केशव प्रसाद घिमिरे
अतिथि (त्रि।वि प्रध्यापक सङ्घ इकाई समिति एकाइ जनमुखी आदर्श कलेका सभापति रामजी आचार्य ,परीक्षा प्रमुख प्रेम पौडेल,शिक्षक नायक इन्दिरा शर्मा।बिभागिय प्रमुखहरू, विद्यार्थी कल्याणकारी मञ्चका सचिव शिव राज धमला ।
(त्रि।वि प्रध्यापक सङ्घ इकाई समिति एकाइ जनमुखी आदर्श कलेका सभापति रामजी आचार्यले विश्वमा रेडक्रसले मानवीय सेवामा पुर्याएका योगदानमाथि चर्चा गर्नु भयो।।
प्रमुख अतिथि क्यामपस प्रमुख केशव प्रसाद घिमिरेले रेडक्रसका सदस्यलाई मानवीय सेवामा निस्वार्थ भावमा लाग्नु पर्ने र समाजमा जनचेना मूलक र सेवामूलक कार्यमा लाग्न त्यसका लागि कलेजले सहयोग गर्ने र आफूले वार्षिक आमदानीको २५ सहयोग गर्ने घोषणा गर्नु भयो।
कार्यक्रमको अध्यक्षता गरिरहनु भएका नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरका उपमन्त्री तथा जनमुखी आ। कलेजका सहायक क्याम्पस प्रमुख निराजन प्रसाद चौधरीले निकट भविष्यमा नै शिविर सञ्चालन गर्न र अति विपन्न परिवारलाई न्यानो कपडा वितरणको लागि सहयोग गर्ने बताउनु भयो।




