काठमाडौं उपत्यकामा भाडामा हिड्दा बसमा छुटेको बहुमूल्य सामानहरू गाडीचालकले सम्बन्धित व्यक्तिलाई फिर्ता गरिदिएका छन् ।
शनिबार दिउँसो बल्खुदेखि गंगबु यात्रा गर्दा बा५ख९५८ नम्बरको बसमा चढेकी बन्दना खतिवडा गन्तव्यमा पुगेपछि उत्रिने क्रममा आफ्ना बहुमूल्य सामानहरू भएको झोला छाडेकी थिइन् ।
करिब चारतोला सुनका गरगहनासहितको झोला छुटेपछि उनले ट्राफिक कार्यालयमा सामान खोजिदिन निवेदन दिएकी थिइन् । उनको निवेदनपछि खोजतलास गर्दा उक्त बसका चालकले सो झोला सुरक्षित राखिएको पाइएको थियो ।
आज चालकले सुनका तथा चाँदीका गर-गहना र लत्ताकपडा सहितको झोलाको सम्बन्धित धनिलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा हस्तान्तरण गरेका हुन् ।
Source KTM Dainik



