मंसिर १८, भरतपुर
आनन्द कृषि सहकारी सस्थाले शनिबार आफ्ना शेयर सदस्यहरुलाई निःशुल्क आँखा परिक्षण शिबिर सञ्चालन गरेको छ । नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पतालको प्राबिधिक सहयोगमा सो आँखा शिबिर सञ्चालन गरिएको हो ।
भरतपुर महानगर पालिका वडा नं ४ का कार्यवाहक अध्यक्ष ठाकुर प्रसाद सापकोटा प्रमुख अतिथि रहनुुभएको सो आँखा शिबिरमा १३० जनाको आँखा परिक्षण गरिएको थियो ।
परिक्षण गरिएका मध्य १३ जनामा मोतियाबिन्दु भएको पाईएको प्राबिधिकहरुले जानकारी दिएका छन् । उनीहरुको भरतपुर आँखा अस्पतालमा निःशुल्क अप्रेसन हुने सस्थाका अध्यक्ष शोभा प्रसाद आचार्यले जानकारी दिनुुभयो ।
भरतपुर ४ स्थित राधाकृष्ण मन्दिर परिसरमा सम्पन्न निःशुल्क आँखा शिबिर कार्यक्रमको सभापतित्व सस्थाका अध्यक्ष शोभा प्रसाद आचार्यले गर्नुुभएको थियो ।
सहकारीले समय समयमा आफ्ना शेयर सदस्यहरुका लागि बिभिन्न स्वास्थ्य शिबिरहरु गर्दै आईरहेको छ ।सहकारीको स्थापना २०६८ सालमा भएको हो ।



