कालीकोट पहिरोले घर बगाउँदा आइतबार बेपत्ता भएका एकै परिवारका ५ मध्ये थप एक जनाको शव भेटिएको छ । तिलागुफा–७ बालीगाउँका ४२ वर्षीय धुवराज विष्टको शव भेटिएको प्रहरी प्रमुख जयश्वर रिमालले बताए । यसअघि उनका दुई छोराहरू भरत र कृपेशको शव भेटिएको थियो । पहिरोमा बेपत्ता उनकी पत्नी ममता र छोरी ज्यानी अझै भेटिएका छैनन् । ३ जनाको शव भेटिएपछि जिल्ला सदरमुकाम मान्मबाट पोष्टमार्टम गर्न डा. अप्सरा हमालको टोली बुधबार सेनाको राहात सामग्री लिएर आएको हेलिकप्टरमा घटनास्थल गएको छ । तिलागुफा नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले पहिरोमा बेपत्ता अन्यको खोजी जारी रहेको बताए । जिल्लाभरि पहिरोमा परी अझै १८ जना बेपत्ता छन् ।
पहिरोमा बेपत्ताको शव फेला
पहिरोमा बेपत्ताको शव फेला
तपाईको प्रतिक्रिया




