गैँडाकाेट । अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ ।जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ६ः२० बजे दिएको जानकारी देवघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कताको तह पार गरेको हो ।
नारायणी जलाधार क्षेत्रमा थप वर्षा भइरहेको र जल सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा जोखिमको सम्भावना रहेको छ ।चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेहरूले आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन बाढी सूचना केन्द्रले जनाएको छ ।
अविरल वर्षाले लुम्बिनी प्रदेशका धेरै जिल्लाहरुमा अत्यधिक पानी परेको छ । चितवन, नवलपरासी पश्चिम, कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, दाङ, बर्दियामा भारी वर्षा भएको छ ।दाङ र बर्दियामा पहिरोको जोखिम पनि बढाएको बाढी सूचना केन्द्रले जनाएको छ ।
ईतिहासमै पहिलो पटक नारायणी नदीमा पानीको बहाव १०.२४ भन्दामाथि || | Narayani River Flood Chitwan
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/BaOceg6CqjA” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>



