• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

यात्रा डायरी: स्वर्ग जस्तै कन्याम

नेपाल घुम्न मन पराउने हरुको लागि एउटा विशेष गन्तव्य हो इलाम । अझ इलाम मा पनि कन्याम अझ विशेष छ । चिसो मौसम , चिया बगैंचा अनि छिनछिन मा परिवर्तन हुने मौसम को कारण पनि कन्याम आन्तरिक पर्यटकहरुको रोजाइ मा परेको छ । सडक यातायात को सहजता र त्यही ठाउँ मा बस्न मन पराउने हरुको लागि प्रसस्त होटेलहरुको व्यवस्थाले पनि कन्याम को पर्यटनलाई थप सहज बनाउनुकाे साथै देशकाे पर्यटकीय अर्थतन्त्रमा र यहाँका स्थानीय व्यवसायीहरुकाे जिवनयापन सहज बनाउन कन्यामले ठुलो योगदान दिएको छ ।

विशेष कामले झापा गएको बेला मलाई पनि कन्याम घुम्ने अवसर मिल्यो । चितवनबाट माेटरसाइकलमा करिब ४५४ किलोमीटर यात्रा झन्डै १२ घन्टा लगाएर पार गरि हामी झापाको बिर्तामोड पुग्याैं। बिर्तामोड बाट करिब ४५ किलोमीटर यात्रा गरेपछि कन्याम पुग्न सकिने रहेछ । १० किलोमीटर जति यात्रा गरेपछि पाहाड को उकालो अनि घुमाउरो बाटो यात्रा गर्नु पर्ने रहेछ। साघुरो , घुमाउरो अनि उकालो बाटो हामी जति अगाडी बढ्दै जन्छौ त्यति नै चिसो अनि जाडो हुदै गएकाे थियाे। पहिलाे पटक इलाम जान लागेकाेले हामी भने झापा को जस्तै मौसम होला भनेर पातलो कपडा लगाएर गएका थियाै। जसले गर्दा हामीलाई आलि गर्‍यो हुँदै थियो तर पनि यात्रा को क्रममा देखिने सुन्दर दृश्य ले भने सबै पीडा भुलाएर मन प्रफुल्ल भएको थियो । हुन त मेरो जन्म पाहाडकै बाग्लुङ बिनामारेमा भएको हो तर पनि लामो समय देखि चितवन मा बसोबास गरेको ले होला त्यहा देखिने दृश्य मननै लोभ्याउने थियो। हुनपनि पहाड भनेर मात्रै हुदैन पहाडकाे पनि ठाउँ अनुसार विशेषता हुन्छ।

करिब १ घन्टा को यात्रा पछि उकालो चढि रहेको हामी समथर सडकमा पुग्यौं। समथर सडकबाट केही अगाडि बढेपछि हामी कन्याम पुग्यौं। हामीले सोचेको र समाजिक संजाल मा हेरेको भन्दा बिल्कुलै फरक थियाे कन्याम। चारैतिर चिया बगैंचा, सुन्दर दृश्य को लोभ मा परेर कन्याम पुगेकाे हामीलाई माैसमले भने साथ दिएन। चारैतिर हुस्सु भरिएर आयो, अन्धकार छायाे र केही देखियन । राम्रो फाेटो र भिडियो खिच्न गएको हामिलाई त्यहाको मौसमले निराश बनायो। त्यहि पनि हामी हार मानेनौं हुस्सु जान्छ कि भनेर केही बेर हामी कुरि बस्यौं तर हुस्सु झन् बाक्लिदै गयाे। निरासाकाे साथ कन्याम बाट थोरै अगाडि गयौं र त्यही को होटेल मा खाजा खाने निधो गर्याै । खाजा खाएपछि हामी हाम्रो गन्तव्य बिर्तामोड फर्किने निदो गर्यौ र बिस्तारै यात्रा सुरु भयाे। नयाँ ठाउँ भएकाेले बाटोको छेउछाउ हेर्दै फर्किदै गर्दा केही अघि बढेपछि पत्यारै नलाग्ने दृश्य आँखा अघि आयो ।

यस्तो लाग्यो, मेरो आँखाले खोजेको कन्याम त यो पो हो कि? म ठूलो चिया बगान नजिकै थिएँ । त्यहाँको मनमोहक दृश्यले मलाई मन्त्रमुग्ध बनाइसकेको थियो । त्यहाँको सुन्दर दृश्यलाई हेर्दा, म साँच्चै नै स्वर्गमा छु कि भन्ने अनुभुति भयो । अघि हामी जादा बाक्लो हुस्सु लागेर पो रहेछ हामिले कन्यामको सुन्दरता नदेखेकाे माैसम खुल्ना साथ १ घन्टा को फरक निकै मनमाेहक दृश्य देखियाे। आन्तरिक पर्यटकहरुको बाक्लै भिड लागेको यस स्थानमा सबै आफ्नै तरिकाले सुन्दर दृश्यलाई पृष्ठभूमि बनाउँदै तस्विर खिच्न र खिचाउनमा मस्त देखिन्थे ।

मलाई केही घन्टा अगाडि आफू हिडेकाे बाटाे त्यहि हाे भनेर पत्यार लाग्नै सकिरहेकाे थिएन। जादा हुस्सु ले केहि देखिएकाे थिएन त्यसैले सुन्दर दृश्य सबै छुटाएकाे फर्कदा मात्रै चाल पाए, सबैभन्दा ठूलो चिया बगान त बाटोमै रहेछ । घाम पश्चिम तर्फ झर्दै थियो, चिया बगानको सुन्दर दृश्य र उत्तरतर्फ अस्ताउन लागेको सूर्यको प्रकाशमा कञ्चनजंघा हिमालको अलौकिक सुन्दर दृश्यले मेरो कन्याम यात्राको जुन भाेक थियाे त्याे भोकलाई मेट्दै थियो । हेर्दा हेर्दै सूर्य क्षितिजमा विलीन हुँदै थियो। कन्याम आए पछी घरको लागि के लाने भनेर विचार पलायो अनि म कन्याम को सडक किनार मा रहेको ठेलामा पुगे। ठेलावाला दाइलाई कन्यामबाट घर लाने कोसेली के हो? यहाँको विशेष के छ? भनेर सोधे दाइ मुस्कुराउदै भन्नू भो चिया बगानमा आएपछि पहिलाे काेसेलि त चिया नै हाे। अनि यस ठाँउको छुर्पी र ललिपप पनि उत्तिकै विशेष छ । दाइ को कुरा सुने पछी मैले छुर्पी, ललिपप र ग्रीन टि लाने निर्णय गरेर किने त्याे समयसम्म धेरै नै ढिलाे भैसकेको थियाे। त्यसैले हतार हतार हामी बिर्तामोड तर्फ लाग्यौं।

स्थानीय का अनुसार कन्याम घुम्नका लागि असोज, कार्तिक, चैत्र र वैशाख महिना उपयुक्त हुने रहेछ। विदेशी भन्दा पनि आन्तरिक पर्यटकले धानेको इलाम जिल्लाको पर्यटन व्यवसायको विकासका लागि प्रकृतिले उपहारमा दिएका हरियालीको संरक्षण र सम्बर्द्वन अति आवश्यक देखिन्छ। किनभने, इलामको पर्यावाची शब्द नै हरियाली हो । इलामवासीले प्रकृतिले दिएको अनुपम उपहारको संरक्षण र सम्बर्द्धन गर्ने भने कन्यामले इलाम जिल्लाको मात्रै नभएर देशकाे अर्थतन्त्रमा समेत सहयोग पुग्ने देखिन्छ।

शनिबार, भदौ २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.