काठमाडौँ – गएरातिदेखिको अविरल बर्षाका कारण दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा ठूलो क्षति भएको छ । बाङबगड क्षेत्रका करिब डेढ दर्जन घरहरू बगेका छन् । लास्कु खोलाको बिचमा फसेका एक जना पुरुषको सुरक्षाकर्मीले उद्दार गरेका छन् । मानिसहरु सबै रातीदेखिनै घरबाहिर निस्किएका छन् । बाढीका कारण एक दर्जन बढी घरहरू बगेका छन्। यस्तै एउटा झोलुङ्गे पुल र एउटा पक्की पुलसमेत बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एबं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए। हालसम्म ११ जना बेपत्ता भएको उनले जानकारी दिए। बाढीले केही घर र पुल बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उद्धार कार्य जारी रहेकोले क्षतिको एकिन विवरण प्राप्त हुन सकेको छैन । रोकेर राखिएका केही यातायातका साधनसमेत बगाएको प्रहरीले जनाएको छ । घटनास्थलमा उद्दार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । बाढीले लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएको छ । नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन स्थानीय सबैमा अनुरोध गरिएको छ । अविरल वर्षाले बंगाबगडको दशरथनगर स्कुल संगै जोडिएका रोड तल तिरका सबै घर बाढीले बगाएको छ । कटान अझै जारी रहेकोले बाङगाबगड क्षेत्र उच्च जोखिममा छ । दार्चुला टिङ्कर सडकमा पर्ने लास्कुखोला माथिको झोलुंगे र मोटर पुल बगाएको छ । कटान अझै जारी छ ।

दार्चुला सदरमुकाममा भीषण बाढी, करिब डेढ दर्जन घरहरू बगे
दार्चुला सदरमुकाममा भीषण बाढी, करिब डेढ दर्जन घरहरू बगे
तपाईको प्रतिक्रिया



