• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

डेढ महिने दूधे छोरी घरमै छाडेर किन नारायणीमा हाम्फालिन ऋचा ?


चितवन । झापाबाट सुत्केरी बस्न माइतीगाउँ चितवन खैरेहनी गएकी थिइन्, ऋचा उप्रेती । उपन्यासकार मिलन संग्रौलासँग प्रेमविवाहको तीन वर्षपछि १७ असारमा उनले छोरी जन्माइन् । शल्यक्रियाको घाउ निको भएपछि पति मिलनले २३ साउनमा ऋचालाई माइतीघर लगेर छाडेका थिए । तर, ७ भदौको अपत्यारिलो घटनाले उनले ऋचालाई सकुशल घर फर्काउन भने पाएनन् ।

त्यो दिन बिहान साढे ११ बजेतिर छोरीलाई दूध खुवाएर ऋचा घरबाट निस्केकी थिइन् । नयाँ कपडा लगाएर निस्किँदा उनले टिकटक बनाउन नजिकै हजुरबुवा–आमाकहाँ जान लागेको भनेकी थिइन् । तर, हजुरबुवा–आमाकहाँ नगएर उनी १८ किलोमिटर पश्चिम नारायणी नदीको पुलमा पुगिन् । त्यो दिन नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाको बन्द थियो । सायद त्यसैले नारायणघाट पुग्न उनलाई झण्डै तीन घण्टा लाग्यो । दिउँसोको साढे २ बजेतिर केही म्यासेजहरू लेखेर मोबाइल पुलमै छाडेर उनी नारायणीमा हाम्फालिन् ।

‘अघिल्लो रात मसँग आधा घण्टा भिडियोकल भएको थियो । छोरीसँग उनी हाँसीखुसी थिइन्’, ऋचाका पति मिलनले भने, ‘बिहान पनि घरमा कुरा गरेकी थिइन् । बुबाआमालाई छोरी देखाएकी थिइन् । दिउँसो त्यस्तो निर्णय लिँदैछिन् भन्ने कल्पनासमेत भएन ।’

चितवन प्रहरीले उद्दार टोली खटाएर नारायणीको बर्खे भेलमा हराएकी ऋचाको खोजी गर्‍यो । तर, उनी भेटिइनन् । जति प्रयास गर्दासमेत फेला नपरेपछि परिवारले मन बुझायो । आइतबार १३ औँ दिनको सांस्कृतिक विधि पुर्‍यायो । ‘मनको पीडा कसैलाई नभनेरै दूधे नानी छाडेर उनी गइन् । नियतिको खेल सहनुको विकल्प भएन’, मिलनले दुःख पोखे ।

ऋचाले किन लिइन् यस्तो निर्णय ?

ऋचा र मिलनले प्रेम सम्बन्धलाई २०७६ फागुनमा विवाहमा परिणत गरेका थिए । उनीहरूबीच सम्बन्ध प्रेमिल थियो । पेसाले इन्जिनियर मिलन उपन्यासकारका रूपमा पनि परिचित छन् । उनका च्याट गर्ल र पर्पला उपन्यास प्रकाशित छन् ।

ऋचा कान्तिपुर सीटी कलेज (केसीसी) बाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गर्दै थिइन् । ‘ऋचा चारवटै सेमेस्टर राम्रो ग्रेडसहित पास भएकी थिइन् । थेसिस सुरु गर्दै थिइन् । एक्कासि यस्तो दुःखद् खबर आयो’, केसीसीका पत्रकारिता विभागका प्रमुख राजीव तिमिल्सिनाले भने ।

एकाएक यस्तो घटना कसरी भयो ? पति मिलन भन्छन्, ‘हामीले थाहै नपाई उनलाई पोष्टपार्टम डिप्रेशन भएछ । बुबाआमा र मैले चिन्ता गर्लान् भनेर पीडा मनमै लिएर केही नभनेरै गइन् ।’

माइतीघर खैरेहनी गएपछि ऋचामा निद्रा नलाग्ने समस्या भयो । छोरीको स्याहार र दूध चुसाउन छिनछिनमा उठ्ने गर्दागर्दै उनको आँखाबाट निद्रा हरायो । भित्रभित्रै निराशाले गाँजेको थियो सायद । तर, उनले कहिल्यै अनुहारमा दुःख, पीडा र निराशा नदेखाएको पति मिलन सुनाउँछन् । मानसिक रोग विशेषज्ञ डा बासुदेव रिजाल पोष्टपार्टम डिप्रेशनका कतिपय बिरामीमा अरुलाई पीडा नदेखाइ बाहिरबाट हेर्दा हाँसीखुसी लक्षण पनि हुने बताउँछन् । ‘यसलाई हामी स्माइली डिप्रेशन भन्छौँ । बिरामीको यस्तो व्यवहारले धेरैलाई झुक्याउँछ’, डा रिजाल भन्छन्, ‘मनमा दुःख, पीडा र निराशा राखेर बाहिर सबै ठीकठाक छ भनेजसरी हिँड्दा कसैले अनुमानसम्म गर्दैनन् ।’

ऋचा उपचारका लागि चिकित्सककहाँ पनि पुगेकी थिइन् । चिकित्सकले अस्पताल भर्ना हुन सल्लाह दिएका पनि थिए । तर, उनी ‘नानीलाई लिएर अस्पताल बस्न गाह्रो हुन्छ, नियमित औषधि खान्छु’ भनेर घर फर्केकी थिइन् । आफूमा बढ्दै गएको बेचैनी, निराशा र अनिद्राबारे उनले बहिनीलाई बताएकी थिइन् । तर, बुबाआमा र आफूले थाहा पाए चिन्ता गर्छन् भनेर कसैलाई नभन्नु भनेकी थिइन् । त्यसैले पोष्टपार्टम डिप्रेशनको अन्तिम तहमा पुग्दासमेत मिलन र बुबाआमाले थाहपत्तो पाएनन् । ‘निद्रा नलागेको भन्थिन् । त्यसलाई हामीले सामान्य रूपमा लियौँ । त्यो नै गल्ती भयो’, उनले भने ।

के हो पोष्टपार्टम डिप्रेशन ?

मानसिक रोग विशेषज्ञ डा बासुदेव रिजाल गर्भावस्था र बच्चा जन्मिइसकेपछि धेरै आमामा देखिने डरचिन्ता र निराशा बढ्दै जाँदा पोष्टपार्टम डिप्रेशन हुने बताउँछन् । उनका अनुसार, हरेक सुत्केरी आमामा एकखालको डर चिन्ता उत्पन्न हुन्छ । त्यसलाई पोष्टपार्टम ब्लुज भनिन्छ । ७० देखि ८० प्रतिशत सुत्केरीमा त्यो समस्या हुने गरेको उनी बताउँछन् । त्यो समस्या सामान्य र अस्थायी खालको हुन्छ । सुत्केरीलाई ७२ घण्टासम्म त्यो डर चिन्ता र निराशाले सताउने रिजालको भनाइ छ ।

केही सुत्केरीमा लामो समय असर हुने समस्या देखिन्छ, जसलाई पोष्टपार्टम साइकोसिस भनिन्छ । डा रिजालका अनुसार, त्यस्ता सुत्केरीमा यो बच्चा किन जन्मियो भन्ने भावना जन्मिन्छ । ‘यो बच्चाले मलाई हानी गर्नसक्छ भनेर आमाले बच्चा स्याहार्नै छाड्छन् । कतिपयले मेरो बच्चा हैन भनेर अस्वीकारसमेत गर्छन्’, उनले भने । त्यस्तो समस्या २० देखि २५ प्रतिशत सुत्केरीमा देखिने गरेको छ ।

पोष्टपार्टम डिप्रेशन साइकोसिसकै एउटा पाटो हो । यसमा आमाले बच्चाको स्याहार नगर्ने, खाना पनि नखाने, सामान्य सरसफाइमा पनि ध्यान नदिने लक्षण देखिन्छ । ‘यो डिप्रेशन बढ्दैजाँदा कतिपयले बच्चा र आफूलाई नै हानी पुग्ने गतिविधि गर्नसक्छन्’, डा रिजालले भने, ‘त्यस्ता सुत्केरीलाई तत्काल औषधि उपचार सुरु गरिएन् भने आत्महत्याको तहमा पुग्छ ।’ खाना नखाने र आफू तथा बच्चालाई हानी पुर्‍याउने तहमा पुगेका बिरामीलाई करेन्ट लगाएर द्वितीय उपचार गर्नुपर्ने हुनसक्ने उनी बताउँछन् ।

मानसिक रोग विशेषज्ञ डा रिजालको अनुभवमा समाजमा प्रायः समस्या देखिए पनि धेरैलाई पोष्टपार्टम डिप्रेशनबारे जानकारी नहुँदा क्षति ब्यहोरेपछि मात्र थाहा पाउने अवस्था छ । ऋचाको घटना विश्लेषण गर्दा उनले नारायणीमा हाम्फाल्ने योजना पहिल्यै बनाएको देखिन्छ । उनी टिकटक बनाउने निहुँमा नयाँ कपडा लगाएर निस्किन्छिन् । बन्द–हड्तालको पर्वाह नगरी १८ किलोमिटर टाढा नारायणी पुग्छिन् र, हाम्फाल्छिन् । पति र बहिनीका लागि म्यासेजको तयारीसमेत उनले पहिल्यै गरेको देखिन्छ ।

डिप्रेशनमा आत्महत्याको यति लामो योजना हुन्छ ? डा रिजालका अनुसार, डिप्रेसनका बिरामीले धेरै अगाडिदेखि नै आत्महत्याबारे सोच्ने, योजना बनाउने र आवश्यक तयारी गर्ने गर्छन् । ‘हाउभाउ, व्यवहार हेरेर तपाईं अनुमान गर्न सक्नुहुन्न । सँगै बस्नेले उसको बानीव्यहोरा र संवादबाट सोचाइ र भावना बुझनुपर्छ’, उनले भने । डा रिजालको अनुमानमा ऋचालाई स्माईलिङ डिप्रेसन भएको हुनसक्छ । त्यस्ता बिरामी हेर्दा खुसी देखिने तर मन द्वन्द्वात्मक अवस्थामा रहने समस्याबाट ग्रस्त रहने उनी बताउँछन् ।

नेपालमा गर्भावस्था तथा सुत्केरीमा प्रजनन स्वास्थ्यभन्दा पनि डिप्रेशन र आत्महत्याको अवस्था कहालीलाग्दो रहेको डा रिजाल बताउँछन् । केही वर्षअघिको एक अध्ययनले १५ देखि ४९ वर्षका महिला मृत्युमा प्रजनन् स्वास्थ्यका कारण १२ प्रतिशतको ज्यान गएकोमा आत्महत्याबाट मृत्यु हुनेको संख्या १६ प्रतिशत देखाएको थियो ।

सुत्केरीलाई किन हुन्छ डिप्रेशन ?

स्त्रीरोग विशेषज्ञ डा कृति पाल नेपाली महिलामा गर्भावस्था वा सुत्केरीपछि डिप्रेसनको उच्च जोखिम देखिएको बताउँछन् । ‘जसलाई पहिले अलिकति डिप्रेशन थियो, त्यस्ता महिलामा गर्भावस्था वा सुत्केरी अवस्थामा त्यो बढेर देखिन्छ’, उनी भन्छन् ।

पोष्टपार्टम डिप्रेशन किन हुन्छ रु डा पालका अनुसार, गर्भावस्था महिलाका लागि एकदमै गाह्रो अवस्था हो । महिलाले गर्भमा ३ देखि ४ किलोको तौलको बच्चा नौ महिनासम्म बोकेर हिँडेको हुन्छ । बाहिरबाट हेर्दा त्यो सामान्य लाग्नसक्छ, तर महिलालाई त्यसले पीडा भइरहेको हुन्छ ।

त्यसमै प्रसव पीडा थपिन्छ । बच्चा जन्मिएपछि स्याहारसुसारसमेत आमाले नै गर्नुपरेपछि सुत्केरीले आराम नपाउँदा अनिदो हुने गरेको डा पाल बताउँछन् । ‘बच्चालाई आमाले आफैँसँग सुताउनुपर्छ । दुईदुई घण्टामा उठेर दुःख खुवाउनुपर्छ । बच्चाको दिसापिसाब सुत्केरीले नै सफा गर्नुपर्छ’, उनी भन्छन्, यो सबै गर्दा आमालाई निद्रा पुग्दैन, आराम पुग्दैन । महिनौ लामो पीडाबाट गुज्रिनुपर्दा पहिले नदेखिएको डिप्रेशन पनि देखा पर्छ ।’

पोष्टपार्टम डिप्रेशनका कारण मानसिक रोग नभएका महिलालाई पनि पहिलो ६ हप्ता त्यो समस्या देखिनसक्ने डा पाल बताउँछन् । उपचारका लागि अस्पताल भर्ना भएर सुत्केरीसमेत छतबाट हाम्फालेको आफूले देखेको उनले बताए । गर्भवती र सुत्केरीको स्याहारमा विशेषतः श्रीमान र घरपरिवार सघाउनुपर्ने उनी बताउँछन् । ‘आमालाई आराम दिनुपर्छ । निद्रा पुग्न दिनुपर्छ । पोष्टपार्टम डिप्रेशन आरामसँग जोडिन्छ’, डा पालले भने ।

शिलापत्रबाट

मङ्गलबार, भदौ २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.