• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

नेपालबाट १४ सय २८ वटा क्षुद्र ग्रहको प्रारम्भिक पहिचान ४४ वटाले पाए अस्थायी नाम


काठमाडौं — नेपालबाट ४४ वटा क्षुद्र ग्रहको पहिचानसँगै अस्‍थायी नाम पाएका छन् । सन् २०१६ देखि नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो)मार्फत् यस्ता ग्रहको खोजी गर्न थालिएयता ४४ वटा क्षुद्र ग्रहको अस्थायी नाम आएको हो ।

यस्तै, नेपालबाट प्रारम्भिक पहिचान भएका क्षुद्र ग्रहको संख्या भने १४ सय २८ वटा रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

क्षुद्र ग्रह खोज्ने अभियान सन् २०१६ देखि नै सुरु भए पनि सन् २०१७ देखि मात्रै यसको प्रारम्भिक पहिचान हुन थालेको थियो । यस्तै २०१८ पछि क्षुद्र ग्रहको अस्थायी नाम दिइन थालियो । सन् २०१८ मा १, सन् २०१९ मा ६, सन् २०२० मा १२ र सन् २०२१ मा २५ वटा क्षुद्र ग्रहले अस्थायी नाम पाएको नासोले जनाएको छ । यस्तै यो वर्ष खोजी भएका क्षुद्र ग्रहको नाम आउन पनि बाँकी रहेको अध्यक्ष भट्टराईले बताए ।

नासोले हरेक वर्ष इन्टरनेसनल एस्ट्रोनोमिकल सर्च कोलाब्रेसन (आईएएससी) को सहकार्यमा राष्ट्रिय क्षुद्र ग्रह खोज अभियानमार्फत क्षुद्र ग्रहको खोजी गर्दै आएको छ ।

नागरिक वैज्ञानिक अवधारणाअनुसार विश्वका हरेक मुलुकमा क्षुद्र ग्रह खोज्ने अभियान सञ्चालन गरिन्छ । इन्टरनेसनल एस्ट्रोनोमिकल सर्ज कोलाबोरेसन (आईएएससी) सँगको सहकार्यमा हरेक वर्ष यो अभियान सञ्चालन हुने गरेको छ । अमेरिकाको हवाईस्थित पाम–स्टार्स टेलिस्कोपले अन्तरिक्षमा खिचेको तस्बिरका तथ्यांकहरू निश्चित सर्भरमा राखिएका हुन्छन् । एस्ट्रोमेट्रिका नामक सफ्टवेयरको प्रयोग गरेर टेलिस्कोपले खिचेका ती तस्बिरहरूबाट घुमिरहेको वस्तु खोजिन्छ र तिनीहरू क्षुद्र ग्रह हुन् कि होइनन् भन्नेबारे पहिचान गरिन्छ । अभियानमा संलग्न व्यक्तिलाई उक्त सर्भरमा पहुँच दिइन्छ ।

अभियानमा सहभागीले क्षुद्र ग्रह भेटेको बताएपछि त्यसलाई प्रमाणीकरण गर्नका लागि अमेरिका पठाइने नासोका अध्यक्ष भट्टराईले बताए । उनका अनुसार इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले प्रमाणित गरेपछि मात्रै क्षुद्र ग्रहको ‘प्रिलिमिनेरी’ अर्थात् प्रारम्भिक पहिचानको सूची आउँछ ।

युनियनले त्यसपछि पुनः प्रमाणीकरणका लागि अन्य विभिन्न टेलिस्कोपमार्फत खोज तथा आफूमातहतका कार्यालयलाई सर्कुलेसन जारी गर्छ । अन्य स्थानबाट पनि उक्त क्षुद्र ग्रह देखिए त्यसलाई ‘प्रोभिजनल’ स्टाटस दिइन्छ । त्यसपछि उक्त क्षुद्र ग्रहको अध्ययन गरिन्छ । छुद्र ग्रहको प्रारम्भिक नाम आईओयू माइनर प्लानेट सेन्टरले दिने भट्टराईले बताए ।

विद्यालय तहका विद्यार्थी बढी सक्रिय
क्षुद्र ग्रह खोज्ने अभियान सबै इच्छुक व्यक्तिहरुका लागि खुला गरिए पनि यसप्रति विद्यालय तहका विद्यार्थीहरुको बढी रुची देखिएको छ । नासोको अध्यक्ष भट्टराईका अनुसार क्षुद्र ग्रह पत्ता लगाउनेहरू कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरु छन् । ग्रह खोज्ने अभियानमा सहभागी हुँदा विद्यार्थीहरूलाई खगोलशास्त्र र विज्ञानमा पनि रूची जागेको नासोले जनाएको छ ।

के हो क्षुद्र ग्रह
ग्रह बन्न नसकेका र गति भएका आकाशीय पिण्डहरूलाई क्षुद्र ग्रह भनिन्छ । सौर्यमण्डलमा धेरै आकाशीय पिण्ड छन् र तिनले पनि सूर्यलाई परिक्रमा गर्छन् । अन्तरिक्षमा ५ सय किलोमिटरभन्दा बढी व्यास भएका क्षुद्र ग्रह ३ वटा भएको रेकर्ड गरिएको छ । यस्तै सय किलोमिटर व्यासका करिब २ सय वटा, ५ किलोमिटरसम्मका ९० हजार, ३ किलोमिटरसम्मका २ लाखभन्दा बढी क्षुद्र ग्रह सौर्य मण्डलमा घुमिरहेको अनुसन्धानकर्ताहरू बताउँछन् । मंगल ग्रहदेखि र वृहस्पतिसम्मको खाली भागमा सूर्यलाई परिक्रमा गर्ने धूलो, कण, क्षुद्र ग्रह, ढुंगालगायत धेरै वस्तुहरू देखिन्छन् ।

सानो आकारका ‘एस्टोरोइड’ हरू पृथ्वीतिर आइरहेका हुन्छन् । त्यस्ता वस्तु वायुमण्डलको माथिल्लो सतहमै बिलाउँछन् । यदाकदा केही आकाशीय टुक्रा भने खस्ने गरेका छन् । यस्ता पिण्ड र कणले पृथ्वीको तौल बढिरहेको भौतिकशास्त्रीहरू बताउँछन् । स–साना पिण्ड वायुमण्डलसँगको घर्षणबाट उत्पन्न हुने तापका कारण त्यत्तिकै बिलाउने गरेको भट्टराईले बताए । यस्ता बिलाएर जाने पिण्डलाई तारा खसेको भन्ने गरिन्छ ।

एक सय किलोमिटरभन्दा बढी व्यास भएका एस्टोरोइडको भित्री भाग फलामभन्दा कडा वस्तु, बीच भागमा आइस (विभिन्न ग्यासको आइस), सतहमा कार्बन हुने गरेको छ । ठूला क्षुद्र ग्रहको सतहमा एमिनो एसिड पनि भेटिने गरेको भौतिकशास्त्रीहरूको भनाइ छ ।

यसैबीच, नेपालाबाट हालसम्म ६५ जना विद्यार्थीहरूले अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल ओलम्पियाडमा सहभागी जनाएको नासोले जनाएको छ । १५औं वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा नासोले अन्तर्राष्ट्रिय ओलम्पियाडमा सहभागी भएका ६५ जना विद्‍यार्थीहरूमध्ये १० जनालाई अवार्ड प्रदान गरेको थियो ।

नेपालमा सन् २०१४ देखि नियमित रुपमा राष्ट्रिय एस्ट्रोनोमिकल ओलम्पियाड सुरू हुँदै आएको छ । अहिलेसम्म एस्ट्रोनोमिकल ओलम्पियाडमा २७ सय विद्यार्थीले भाग लिएको भट्टराईले बताए । तीमध्ये उत्कृष्ट भएका ६५ जना विभिन्न वर्षमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय ओलम्पियाडमा सहभागी भएका थिए । यो ओलम्पियाडमा कक्षा ८ देखि १२ अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउने गरेका छन् ।

नासोले यी कार्यक्रमबाहेक हरेक वर्ष खगोल तथा अन्तरिक्ष विज्ञानसम्बन्धी प्रचारात्मक कार्यक्रम गर्दै आएको परियोजना संयोजक एवं निर्देशक मनीषा द्वाले बताइन् । सन् २०२० बाट ७ वटै प्रदेशमा नासोले स्पेस एप्स च्यालेन्ज पनि गराउँदै आएको द्वाले बताइन् ।

सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.