• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

प्रहरीकै संलग्नतामा दैनिक २० लाखको मदिरा भारत ‘तस्करी’


बारा,भदौ १६-

भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित भएपछि बिहारसँग सीमा जोडिएका बाराका ग्रामीण भेगमा मदिराको अवैध कारोबार फस्टाएको छ । भारतको बिहारमा त्यहाँको सरकारले सन् २०१६ को अप्रिलदेखि नै मदिराको उत्पादन, ओसार पसार, बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएको थियो ।

बिहारमा मदिरा पूर्ण प्रतिबन्धित भएदेखि नै बाराको पचरौता नगरपालिकाको सीमावर्ती बजार र गाउँमा मदिराको कारोबार फस्टाएको हो । योसँगै पचरौताका सीमावर्ती नाका हुँदै नेपालबाट घरेलु तथा शिलबन्दी गरिएका मदिरा बिहारमा तस्करीसमेत भइरहेको पाइएको छ ।

गुलरिया बोर्डरबाट भारतफ जाँदै गरेको अवस्थामा भारतको प्रहरीले केही दिनअघि मदिरासहित एक नेपालि र भारतीय युवकलाई पक्राउ गर्‍यो । पक्राउ परेका युवकले नेपालबाट भारततर्फ मदिरा तस्करी गर्दै आएको स्वीकारे । उनीहरूको साथबाट भारतीय प्रहरीले विदेशी ब्रान्डसहित नेपालमै उत्पादित तथा घरेलु मदिरा बरामद गर्‍यो । यस्तै नेपाल भारतको सीमामा तीन दिन अगाडिमात्रै एक भरतीयको मदिराका कारण मृत्यु भएको थियो । भारतको बिहारमा करिब १० करोड जनसंख्या रहेको छ ।

नेपाल प्रहरीसँग ‘सेटिङ’ मिलाएर मदिरा तस्करी हुने गरेको स्थानीयले बताएका छन् । प्रहरीले नै मदिरा तस्करीमा सघाउँदै आएको स्थानीए चन्द्रिका यादवले बताएका छन् । ‘प्रहरीले तस्करीको सूचना पाउनुभन्दा पनि उनीहरूले नै ‘पास’ हुने समय निर्धारण गर्छन् र सोही समयमा बोर्डर कटाउन भन्छन्’, यादवले भने, ‘यो कुरा यहाँ धेरैजसो अधिकारीलाई थाहा छ नै, यद्यपि यसबारेमा कसैलाई पनि चिन्ता छैन ।’

यस्तै अर्का स्थानीए दयालु पासवानले भने’, यहाँ बाट दैनिक रुपमा करिब ५ देखि २० लाखसम्मको मदिरा भारत जाने गर्दछ भने शनिबार र आइतबार करिब ५० लाखसम्मको मदिरा भारत जान्छ । जसमा निकै ठुलो मात्रमा घरमा उत्पादन भएको भदिरा जान्छ भने विदेशी ब्रान्डसहित नेपालमै उत्पादन भएका मदिरा उनीहरुको रोजाई भएका कारण भारत निर्यात हुने गर्दछ।’

यता प्रहरीभन्दा बढी स्थानिय सरकार मदिरा नियन्त्रण गर्न लागिपरेको देखिन्छ । पचरौता नगरपालिकाबाट भारत मदिरा ओसार पसार भएको समाचारका कारण पचरौता नगरपालिकाको निकै बेइज्जत भएको भन्दै जनप्रतिनिधिहरू यस नाकाबाट मदिराको अवैध कारोबारको अन्त्य गर्न चाहेको बताउँछन् ।

पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह जैसवारले पचरौता नगरपालिकाको दक्षिण सीमा रहेको भारतको बिहार राज्यमा त्यहाँको सीमा हुँदै मदिराको अवैध कारोबार फस्टाएको र नियन्त्रण गर्ने प्रहरीलाई पटक पटक अनुरोध गर्दा समेत कुनै सुनुवाइ नभएको बताएका छन्।

‘आफ्ने पालिकाको नाम नै खराब हुने गरि यस पालिकामा मदिरा उत्पादन र भारतमा नियात हुने गरेको छ । हामी यसको अन्त्य चाहान्छौँ’, नगरप्रमुख जैसवालले भने, ‘मैले पटक पटक प्रहरीलाई अनुरोध गर्दा समेत यसको उत्पादन र निर्यादमा कमि आउन सकेको छैन । पालिकाको क्षेत्राधिकारभित्र पनि यो काम कार्य पर्दैन । तर, जसले गर्ने हो, सो सरोकारवालालाई भने कुनै चिन्ता छैन ।’

यता ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख तथा प्रहरी निरीक्षक देवराज काफ्लेले आफ्नो मातहतमा रहेको प्रहरी चौकी बेल्दारीलाई अवैध घरेलु मदिरा ओसार पसारमा रोक्न निदेशन दिएको बताए । उनले सीमावर्ती क्षेत्रमा रहेका अवैध घरेलु मदिरा भट्टीसमेत पटक पटक नष्ट गरेको र छापा मारेर रक्सी उत्पादनमा प्रयोग गरिने भाँडासमेत बरामद गरिएको बताए ।

‘अब काहीँ कतैबाट लुकिछिपी तस्करहरूले ओसार पसार गरेको भए, मलाई थाहा भएन कहिँ कतै भित्रि बाटोमा भयो पनि होला । तर, आफु र आफ्ने मातहतका प्रहरी चौकीले दिनरात नाकामा रहेको हुँदा पहिलाको तुलनामा निकै कमि भएको’ ‘निरिक्षक काफ्लेले भने, ‘अब स्थानीयले के भने, कसरी भने, त्यसको जवाफ मसँग छैन, प्रहरीको मिलेमतोमा ओसारपसार भएको छैन, कसैले छ भन्छ भने प्रमाण देखाउँदा हुन्छ ।’

तर, यसलाई नियन्त्रणका लागि प्रभावकारी कदम नचालिएको कारण यो अवैध धन्दा न्यूनीकरणको साटो बढेर नै गएको भनि सरोकारवालाहरुले आरोप लगाउने गरेका छन् । सीमा नाकामा प्रहरीको तैनाथी पनि नरहेको होइन । उनीहरूले भारततर्फ मदिरा निकासी गर्न लागेको अवस्थामा कयौं पटक अवैध मदिरा नियन्त्रणमा पनि लिएका छन् । तर, पनि यो अवैध धन्दा कम नहुनुमा मदिरा तस्करीमा ठूलो मुनाफाको हात रहेको अनुमान लगाउन सकिन्छ । नेपालमा खरिद गरेको मदिरा भारतमा तीन गुणासम्म बढी मूल्य लिएर बेच्न सकिने भएका कारण यसमा तस्करहरूको आकर्षण बढेको हो ।

दिनभरि सीमा नाकानिर मदिरा भण्डारण गर्ने र रातिराति पारी भारततर्फ निकासी गर्ने धन्दा अहिले पनि चलिरहेको छ । भारतबाट लागुऔषध ल्याउने गिरोह पनि उत्तिकै सक्रिय रहेका कारण दुईतर्फी रुपमा यो अवैध धन्दा फस्टाउँदै गएको अवस्था छ । तसर्थ यस प्रकारका अवैध धन्दा बन्द गर्नका लागि प्रहरी प्रशासनले कडाईका साथ प्रस्तुत हुनुपर्ने स्थानीय बताउँछन् ।

बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.