नवलपुरकाे बाैदीकाली गाउँपालिकामा डाेजर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । नवलपुर सदरमुकाम कावासाेती बजारबाट पुर्व पहाडी क्षेत्रमा पर्ने गाउँपालिकाले सञ्चालन गरेको बा १ ग ३०८० नम्बरको डेजार स्थानीय बाटो मर्मतको क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले जानकारी दिनुभयो । गाउँपालिकाले निरन्तर रूपमा गाउँपालिका भित्र रहेका स्थानीय बाटो मर्मतका लागि आफ्नै डाेजरकाे निरन्तर प्रयोग गर्दै आएको थियो । दुर्घटनामा परि बुलिङ्टार ५ लापाकका २२ बर्षीय लक्ष्मण सार्कीको मृत्यु भएको हो । उनी साेहि डाेजरमा सवार थिए । डाेजर चालक अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । डाेजर बौदीकाली गाउँपालिका ४ रुचाङको भालुकाेन भन्ने स्थानमा सडक देखि अन्दाजी २०० मिटर तल खेसेकाे स्थानीय भिम थापाले जानकारी दिनुभयो ।
गाउँपालिकाकाे डाेजर दुर्घटनामा एकजनाकाे मृत्यु
गाउँपालिकाकाे डाेजर दुर्घटनामा एकजनाकाे मृत्यु
तपाईको प्रतिक्रिया