• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

शून्य लागतमा मलेसियामा रोजगारी


काठमाडौँ, २ भदौ

वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको एक कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सम्झौता गरेको छ ।मलेसियन कम्पनी माइटेक एण्ड एसेम्ब्ली एसडिएन बिएचडीले शून्य लागतमा नेपाली कामदार लैजानका लागि काठमाडौँस्थित ह्वाइट हर्स रिक्रुटमेन्ट प्रालिसँग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा माइटेकका तर्फबाट मानव संशाधन निर्देशक माइकल ली र ह्वाइट हर्सका तर्फबाट प्रमुख राजन श्रेष्ठले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार माइटेक कम्पनीमा जाने नेपाली श्रमिकले उक्त मेनपावर कम्पनीमार्फत शून्य लागतमा मलेसिया जान पाउनेछन् । सो कम्पनीले पहिलो चरणमा एक हजार श्रमिक लैजाने घोषणा गरेको छ । दोस्रो चरणमा थप एक हजार श्रमिक लैजाने कम्पनीका निर्देशक माइकल लीले बताउनुभयो । छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने उहाँको भनाइ छ । श्रमिकको हवाई टिकट, राहदानी बनाउँदा लागेको खर्च, यातायात खर्च, काठमाडौँसम्मको होटल खर्च, स्वास्थ्य परीक्षण, वैदेशिक रोजगार बीमालगायत सबै शुल्क कम्पनीले व्यहोर्नेछ ।

सो कम्पनी ‘रेस्पोन्सिबल विजनेस एलाइन्स’ (आरबिए) मा आबद्ध छ । आरबिएले आप्रवासी श्रमिकले शून्य लागतमा रोजगारीमा जान पाउनुपर्ने अवस्थाको सुनिश्चितता गर्छ । कम्पनीका निर्देशक लिले आरबिए र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को निर्देशिका अनुसार नै शून्य लागतमा नेपालबाट श्रमिक लैजाने बताउनुभयो ।

नेपाली श्रमिकले न्यूनतम् एक हजार ५०० मलेसियन रिङ्गेट पारिश्रमिकका साथै अतिरिक्त भत्ता र वार्षिक बिदा पाउने उहाँले जानकारी दिनुभयो । नेपाली श्रमिकले मलेसियाका श्रम कानुन अनुसारका सुविधा प्राप्त गर्नेछन् ।
ह्वाइट हर्सका अध्यक्ष सागर गिरीले शून्य लागतमा कामदार पठाउने नमूना मेनपावर बनाउने लक्ष्यसहित कम्पनीले काम गरिरहेको बताउनुभयो । आफ्नो मेनपावरमा कुनै पनि एजेन्ट नरहेको र आइएलओको न्यायोचित भर्नाको मान्यता अनुसार नै श्रमिक पठाइने बताउनुभयो ।

बिहिबार, भदौ ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा
रुसलाई ट्रम्पको धम्कीः ५० दिनभित्र युक्रेनसँग शान्ति समझौता गर, नत्र भारी कर लगाउँछु
गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु
प्रधानमन्त्री ओली आज स्पेन जाँदै

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.