नवलपुर । महेन्द्रराजमार्ग अन्तर्गत कावासोती नगरपालिका वडा नं ३ पूरानो कावासोती बजारमा कार र मोटरसाइकल एकआपसमा ठक्कर खादा स्थानिय २४ वर्षीय सुजन श्रेष्ठ घाइते हुनुभएको छ ।
पश्चिम बाट पूर्व तर्फ आउँदै गरेको वा १८ च ४१९१ नं को कार र विपरित दिशतर्फ जादै गरेको ना ४५ प ३८६८ नं को मोटरसाइकल एकआपसमा ठक्कर खादा मोटरसाईकल चालक कावासोती १४ निवासी श्रेष्ठको टाउकोमा चोट लागेको र अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । घाइते श्रेष्ठको उपचारको लागी सेन्ट्रल अस्पताल भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कार ,कार चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।