• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ७. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

‘छोरीहरूले बाबाका छोराछोरी त चिडियाखानामै छन् भनेर जिस्क्याउँछन्’


‘चम्पा! चिम्पु! यहाँ आऊ त!’

उनले बोलाउनेबित्तिकै चम्पा र चिम्पु झ्यालनजिकै आए। फलामे झ्यालबाट बाहिर नियाले। अनि उनले दिएको पाउरोटी, स्याउ, केरा लगायत खाजा कपाकप खाए।

पाँच वर्ष उमेरका चम्पा र चिम्पुका लागि उनी आमा र बुवा दुवै हुन्। उनलाई पनि छुकछुके चम्पा-चिम्पुको सन्तानजत्तिकै माया छ। चम्पा र चिम्पु जावलाखेलस्थित सदर चिडियाखानामा भएका दुई चिम्पान्जी हुन्।

नाइजेरियाका उनीहरू जावलाखेलसम्म कसरी आइपुगे भन्नेबारे हामीले पहिल्यै स्टोरी गरिसक्यौं। आज भने चम्पा र चिम्पुलाई हुर्काउने रामकाजी पहरीको कथा पढौं।

यिनको स्याहारसुसारको जिम्मेवारी सम्हालिरहेका रामकाजीको यहाँ कसरी आइपुगे?

२०६८ सालको कुरा हो। रामकाजी एक जना साथीसँगै चिडियाखाना घुम्न आएका थिए, पहिलोपटक। उनलाई विभिन्न जनावरहरू हेर्ने मन थियो। जब उनले देखे, उनलाई अनौठो महसुस भयो। तिनलाई हेरेर मन भरिएन।

रामकाजीले त्यो बेलाको अनुभव सुनाए, ‘यी जनावर सधैं मेरै वरिपरि भए कति रमाइलो हुन्थ्यो होला जस्तो लाग्यो।’ सँगै आएका साथीलाई पनि उनले यो कुरा भने। अझ थपे, ‘यी जनावरलाई साथी बनाउन पाए हुन्थ्यो।’

चिडियाखानाका जनावरको साथी हुन त आफू सधैं त्यहीँ हुनु पर्थ्यो। नभन्दै रामकाजीको दिमाग त्यतैतिर तानियो। कामका लागि चिडियाखाना प्रवेशको मौका खोज्न थाले।

उनी त्यो बेला ‘द टिम्बर कर्पाेरेसन अफ नेपाल’ मा सुरक्षा-गार्डका रूपमा काम गर्थे। यहाँसम्म आइपुग्दा उनले थुप्रै काम छाडिसकेका थिए।

ललितपुर, गोदावारीका स्थायी निवासी रामकाजी स्कुल शिक्षाबाट अघि बढ्न पाएनन्। परिवारमा जिम्मेवारी थपिँदै जाँदा पढाइ छोडे। काम खोज्दै जाँदा एक जना साथीको सहयोगमा ‘पुष्प विकास केन्द्र’ मा निजी सुरक्षाकर्मीको काम पाएका थिए।

केही समयमै उनले त्यो जागिर छाडे र अन्तै गरे। अरू ठाउँमा पनि अडिएनन्। एकपछि अर्को कार्यालय फेर्दै भन्सार कार्यालयको गोदाममा पुगे। केही वर्षमा त्यहाँ पनि छाडेर वन कार्यालय पुगे। यतैबाट टिम्बर कर्पोरेसन पुगेका थिए।

‘सानो ठानेर कसैले अपमान गरे भने मलाई नराम्ररी बिझ्थ्यो,’ बारम्बार काम छाड्नुको कारण खुलाउँदै उनले भने, ‘कतै चित्त बुझ्ने तलब नहुने, कतै हेप्न खोज्ने, ठग्न खोज्ने। त्यसैले जहाँ पुगे पनि आधा वर्ष, एक वर्षमा छोडिदिन्थेँ।’

भनिन्छ नि, कुनै कुरा सच्चा मनले चाहे पूरा हुन्छ। रामकाजीको चाहना वर्ष दिनमै पूरा भयो। जनावरको साथी हुने र उनीहरूसँगै रमाउने सपनाले डोर्‍याएर उनलाई चिडियाखानाको कर्मचारी बनायो।

उनको सपनाको आधा हिस्सा भने पूरा हुनै बाँकी थियो। चिडियाखानामा उनले जनावर होइन, बगैंचा हेरचाह गर्ने काम पाए। उनको मन त जनावरतिरै थियो।

‘मेरो मेहनतबाट प्रभावित भएर चिडियाखाना प्रशासनले मलाई चाँडै नर्सरीमा सरूवा गरिदियो,’ रामकाजी आज पनि त्यो क्षण सम्झिँदा दंग पर्छन्। चिडियाखानाको यो ‘नर्सरी’ बोटबिरूवाको होइन, उद्धार गरेर ल्याइएका जंगली जनावरको उपचार र स्याहार गर्ने ठाउँ हो।

‘नर्सरीमा काम गर्न जोखिम धेरै हुन्छ। घाइते जनावर आक्रामक हुन्छन्,’ उनले काम थाल्दाको समय सम्झे, ‘केही दिनसम्म त नर्सरीमा म डराएर थरथर काँपिरहेको थिएँ। जनावरसँग काम गर्दा खतरा हुन्छ।’

खतराको एउटा किस्सा पनि सुनाए।

नर्सरीमा सोलुखुम्बुबाट ल्याइएको बिरामी भालु थियो। आहारा दिन पुगेका रामकाजीलाई त्यसले आक्रमण गर्न झम्टियो। रामकाजी एक्लै थिए। डरले मुटु फुल्यो। ढोकाबाट निस्किन खोजे। आक्रामक मूडमा भएको भालु पछि हटेन। उनीहरूबीच निकैबेर ढोकामा धकेलाधकेल भयो।

मुश्किलले जोगिए उनी। त्यसपछि उनलाई भालुको सामुन्ने जानै डर लाग्यो। तर उनको कामै त्यही थियो। डराउँदै पछि हटेर कति दिन चल्थ्यो र! उनले हिम्मत जुटाए। बिस्तारै बिस्तारै जाँदा बानी पर्‍यो। भालुसँग काम गर्ने तरिका सिक्दै गए। सायद भालुले पनि उनलाई स्वीकार गर्‍यो!

रहर र डरसँगै सुरू भएको यो काममा उनले एक दशक बिताइसके। कुनै काममा लामो समय नअडिएका उनका लागि यो अवधि चानचुने होइन।

‘मैले चाहेको काम, अनि यहाँ काम गर्ने वातावरण राम्रो भएकाले यहीँ खुसी छु,’ उनी भन्छन्, ‘यहाँ सम्मानजनक व्यवहार हुन्छ। भाग्यले डोर्‍याएर होला, चिडियाखाना आइपुगेँ।’

रामकाजी अहिले बाघबाहेक सबै जनावरलाई आहारा-पानी दिने जिम्मेवारीमा छन्। भोकाएका जनावरको पेट भर्न पाउँदा उनलाई आनन्द लाग्छ। खोरभित्र थुनिएका जनावर अर्काले दिएको भरमा बाँचिरहेका हुन्छन्। तिनको खानकीकै लागि रामकाजीले आफ्नो घरखर्च कसिलो बनाउनुपरेको पनि छ।

मान्छेका घरमा मात्र होइन, कोरोनाको संकट चिडियाखानामा पनि आइलागेको थियो। लकडाउनमा चिडियाखाना बन्द भयो। आर्थिक समस्याका कारण जनावरलाई आहारा दिन नसक्ने अवस्था आयो। जनावर बचाउन प्रशासनले कर्मचारीको तलब कटौती गर्ने भयो। रामकाजी वर्ष दिनको तलब कटौतीमा परे।

मानिसले त कुनै उपाय अवश्य खोज्छ, थुनिएका जनावरले के गर्न सक्छन् र!

‘घर चलाउन खर्चको समस्या नपरेको होइन। जसोतसो टारेँ,’ रामकाजीले भने, ‘कोरोना मत्थर हुँदै लकडाउन खुलेपछि धेरै राहत भयो।’

कोरोनापछि पनि जनावरलाई खाना खुवाउन मुश्किल नै छ। समस्या टार्न चिडियाखानाले पोहोरदेखि वन्यजन्तु अभिभावकत्व अभियान सुरू गर्‍यो। सन् २०२२ जनवरी १६ देखि चम्पा र चिम्पुको अभिभावकत्व लिनेले वार्षिक दस लाख रूपैयाँ दिने भएका छन्। अरू केही जनावरले पनि यस्ता अभिभावक पाएका छन्।

यस्तो खबरले रामकाजीको मन अलि हलुका भएको छ। चम्पा र चिम्पु उनका लागि विशेष छन्। यिनीहरूको स्याहार गर्न थालेदेखि अरू जनावरको जिम्मेवारी उनको हातमा छैन। बिहान उनीहरूलाई भेटेपछि रामकाजी हात मिलाउँछन्। टाउको सुम्सुम्याएर अँगालो हाल्छन्। खोर सफा गरिदिन्छन्। खेलौनाहरू जम्मा पार्छन्। दूध र अरू खानेकुरा खुवाउँछन्।

‘मेरा लागि चम्पा र चिम्पु आफ्नै छोराछोरीजस्ता हुन्,’ उनी भन्छन्।

उनले पहिलोपटक भेट्दा चम्पा छ महिना र चिम्पु तीन महिना उमेरका थिए। रौं राम्ररी पलाएको थिएन। तालु रित्तो थियो। राता औंला चुसिरहन्थे।

‘ठ्याक्कै मान्छेकै बच्चाजस्ता देखिन्थे,’ उनी सम्झिन्छन्।

कलिला हातगोडा र कोमल छाला देखेर रामकाजी भावुक भए।

‘यी बचरालाई आमाबाट छुटाएर कसले, किन ल्याएको होला भन्ने लाग्थ्यो। अहिले आफ्नै बच्चाहरू जस्तै लाग्छ,’ उनी भन्छन्।

उनले भेट्दा ती बच्चा साह्रै दुखी देखिन्थे। आफैं खान सक्दैन थिए। दूधदानीबाट दूध खुवाउनुपर्थ्यो। गर्मी ठाउँका भएकाले यिनलाई चिसोमा निमोनिया भएको थियो। रामकाजीको ध्यान यिनलाई हुर्काउनमा मात्रै गयो।

‘आधा रातसम्म आफ्नै काखमा सुताउँथेँ। एक बेला त बचाउन सकिँदैन कि जस्तो पनि भयो,’ उनले भने, ‘मान्छेकै बच्चालाई जसरी लुगा कपडा ओढाइदिन्थेँ।’

बिस्तारै उनीहरूको तौल बढ्दै गएपछि बाँच्लान् भन्ने आशा बलियो भयो। रामकाजीले पनि तिनको आनीबानी बुझ्दै गए। स्याहारसुसारको तरिका जाने।

‘यी मान्छेजस्तै हुन् भन्ने लाग्न थाल्यो। काखमा राख्थेँ। कहिले त काखमै दिसा गरिदिन्थे,’ उनले सुनाए, ‘तर आमासँग भएजस्तो त किन हुन्थ्यो र! आमाको दूध खान पाएका भए निकै ठूला भइसक्थे होला। मान्छेले पालेको र आमाले पालेको किन मिल्थ्यो!’

मानिसको बच्चालाई जस्तै जनावरका बच्चालाई पनि आमाको आवश्यकता हुन्छ। आफूले जति गरे पनि तिनका आमाले जसरी स्याहार्न नसक्ने उनको अनुभव छ।

चिम्पु र चम्पा जिद्दी स्वभावका थिए। रिसाउँथे, घुर्की लाउन पनि जान्ने! रामकाजीले तीन वर्षसम्म तिनलाई फकाउँदै, फुल्याउँदै हुर्काए। चम्पा र चिम्पु अहिले रामकाजीसँग बानी परेका छन्।

‘कोरोना भएर डेढ महिना बिदा बसेको थिएँ। त्यो बेला यिनीहरूले मलाई बिर्से होला भन्ठानेँ। फर्किँदा त घरमा आमाबाबुसँग छोराछोरी झ्याम्मिएजस्तै झ्याम्मिए। मेरा हात छोए, अँगालो हाल्न खोजे,’ रामकाजीले भने, ‘मेरा आँखा भरिए। त्यसपछि मैले यिनीहरूलाई सकेसम्म छाड्दिनँ। यति स्याहारसुसार त आफ्नै छोराछोरीलाई गरिनँ।’

रामकाजीको चम्पा र चिम्पुसँग आत्मीय सम्बन्ध बनेको छ। उनी घर पनि कमै जान्छन्।

‘छोरीहरूले पनि बाबाका छोराछोरी त चिडियाखानामै छन् भनेर जिस्क्याउँछन्,’ हाँस्दै रामकाजीले भने, ‘चम्पा र चिम्पु सानै छन्, उनीहरूका बाआमा छैनन्, माया गर्ने मै हुँ भनेर सम्झाउँछु।’

चम्पा र चिम्पुलाई नर्सरीबाट खोरमा सारेको दिन रामकाजी सँगै खोरमा बसेका थिए। एक महिना तिनलाई नछाडी नजिकै समय बिताए। अब त खोरमा बानी परे। रामकाजी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म मात्र उनीहरूसँग बस्छन्। बेलुका खानेकुरा दिएर घर फर्किन्छन्।

रामकाजी आफ्नो घर फर्किन पाउँछन्, नाइजेरियाका चम्पा र चिम्पुले पनि पाऊलान्?

२०७४ असोज ३१ गते जनावर तस्करसँगै भेटिएका चम्पा र चिम्पु त्यही दिनदेखि चिडियाखानामा छन्। तस्करविरूद्ध सर्वोच्च अदालतले सजाय फैसला गरिसक्यो। चम्पा र चिम्पुको भविष्यबारे भने फैसला भएको छैन। नाइजेरिया सरकारले आफ्नै देशका हुन् भन्ने प्रमाण पुर्‍याए उतै लैजाने सम्भावना छ।

रामकाजीलाई भने कलिलैदेखि नेपालको हावापानी र आफ्नो काखमा हुर्केका चम्पा-चिम्पु अब यतै बसे हुन्थ्यो भन्ने लागेको छ। लामो समयको संगतले उनी जनावरको भावना बुझ्न सक्ने भएका छन्। तिनको भोक, तिर्खा, रूचि, खुसी, क्रोध इत्यादि थाहा पाउँछन्।

तर यी अबोध चिम्पान्जी के चाहन्छन् भन्ने त कसरी जान्नू!

चाहना बुझ्न नसके पनि उनीहरूले आफूलाई माया गर्छन् भन्ने लाग्छ उनलाई।

केही दिनअघि बिदा बसेर चिडियाखाना आउँदाको क्षण सुनाउँदै भने, ‘फर्की आउँदा चम्पा-चिम्पुले हाहाहुहु गर्दै, चिच्याउँदै स्वागत गरे। मैले अँगालोमा मारेर माया गरेँ। यिनीहरूले पनि मलाई माया गर्छन् भन्ने लाग्छ!’

साभारः सेतोपाटी

आइतबार, साउन २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.