• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

गोसाइँकुण्डबाट फर्किँदा बिरामी परेका एक तीर्थयात्रीको उद्धार


काठमाडौं : गोसाइँकुण्ड पुगेर फर्कने क्रममा बिरामी परेका एक जनाको उद्धार गरिएको छ। जनैपूर्णिमा मेला भर्नका लागि गोसाइँकुण्ड पुगेकी नुवाकोटको ककनी गाउँपालिका-८ की ५० वर्षीया नारायणी भण्डारीको उद्धार गरिएको हो।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार शुक्रबार गोसाइँकुण्डबाट फर्किएकी उनी बुद्दमन्दिरमा आइपुग्दा बिरामी परेकी थिइन्।

उनलाई टाउको दुख्ने, जिउ दुख्ने, रिगँटा भएपछि प्रहरी टोलीले पिठ्युमा बोकी लौरी बिनायकसम्म ल्याएको थियो। उक्त स्थानमा रहेको स्वास्थ्य शिविरमा सामान्य उपचारपश्चात् धुन्चे ल्याइएको प्रहरीले जनाएको छ।

यो पनी हेर्नुस
मकवानपुर : युसाई प्रजा राक्सिराङ गाउँपालिका–८ मकवानपुरका वडाध्यक्ष हुन्। नागरिकतामा पनि उनको नाम युसाई प्रजा नै छ। गाउँघरमा भने हविल नामले बोलाइन्छ। कतै नागरिकताको नाम गाउँमा उच्चारण गर्न परे उनी हिच्किचाउँछन्। चेपाङ भाषामा ‘यू’ को अर्थ मुसा र ‘साई’ को अर्थ गेडा भन्ने हुन्छ।

नागरिकता बनाउँदा गाउँका गन्यमान्ने र कर्मचारीहरूले चेपाङ समुदायमा मुसासँग सम्बन्धित रहेर हेपेर बोलाउने नाम ‘युसाई’ राखिदिए। ‘अरूलाई त बरु त्यति थाहा हुन्न, तर गाउँघरमा यो नामले बोलाउँदा आफैंलाई अप्ठ्यारो लाग्छ’, उनले भने, ‘नामकै कारण आफू समाजमा हेलमेल गर्ने र अगुवाई गर्ने अवस्थामा छैन।’

सामान्य जीवन बिताउँदा त बरु सहजै थियो। तर, यही नाममा बाध्यताले चुनाव लड्नुपर्‍यो। आफूले नाम सच्याउन चाहे पनि सरकारी नीति नियमका कारण हालसम्म नसकेको उनले गुनासो गरे। ‘दैलेख घटनापछि हामीलाई पनि आशा जागेको छ, प्रमुख जिल्ला अधिकारीलाई भेटेर नाम सच्याइदिन हामीले अनुरोध गरेका छौं’, उनले भने।

मकवानपुरको पश्चिमी क्षेत्रका चेपाङ समुदायका उनी प्रतिनिधि पात्र मात्रै हुन्। उनीजस्ता दर्जनौं स्थानीय अपहेलित नामका कारण वर्षौंदेखि समस्यामा छन्। अर्का एक स्थानीयको नाम किदाङ (तामाङ भाषामा गुहुघारी) प्रजा राखिएको छ। विकेश चेपाङ हुनुपर्नेमा उनको नागरिकतामा पनि अश्लिल नाम राखियो। अहिले उनी नागरिकता देखाउन पनि हिचकिचाउँछन्।

पीउराम चेपाङलाई बीउराम बनाइएको जस्ता घटनाहरू मकवानपुरको चेपाङ समुदायमा छ्यापछ्याप्ती छन्। बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्रीसमेत रहेका चेपाङ अगुवा सन्तबहादुर चेपाङ (प्रजा) यस्ता घटना चेपाङ समुदायमा धेरै रहेको बताउँछन्। ‘चेपाङ समुदायको नागरिकता वितरण गर्दा त्यस्तै अपमानजनक नामहरू राखेर वितरण गरिएको पाइएको छ’, उनले भने, ‘यस्ता अपमानजनक नाम परिवर्तनका लागि हामीले पहल गरिरहेका छौं। तर, अहिलेसम्म सम्भव भएको थिएन।’

नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका कोषाध्यक्ष खेमबहादुर चेपाङले गाउँमा कुई (प्रजा) चेपाङ, सार्की चेपाङ (प्रजा), कामी चेपाङ (प्रजा) जस्ता नामहरू राखेर नागरिकता बितरण भएको बताए। ‘कुई भनेको चेपाङ भाषामा कुकुर हो’, उनले भने, ‘दैलेखमा भेटिएको कुकुर कामी नामको नागरिकता र मकवानपुरमा बितरित ‘कुई प्रजा (चेपाङ) को नागरिकताको नाम उस्तै अपमानजनक हो। भाषा मात्र फरक हो।’

चेपाङ समुदायका सयौं वृद्धवृद्धाको अझै पनि नागरिकता छैन। पुर्खादेखि नै नागरिकता नबनाएका र नागरिकता नलिएकाहरूलाई चेपाङ संघको पहलमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले टोली खटाएर २०६४ को संविधानसभा चुनावअघि नागरिकता वितरण गरेको थियो। ‘म नेपाल चेपाङ संघको जिल्ला अध्यक्ष भएका बेला नागरिकता टोलीमा आफ्नो समुदायको सहजीकरणका लागि सहभागी हुँदा मेरै आँखा अगाडि अपमानजनक नाम राखेर नागरिकता वितरण भएको थियो’, कोषाध्यक्ष चेपाङले भने, ‘नागरिकता वितरण गर्ने कर्मचारीले उक्त नाम भनेर बोलाउँदा सबै गलल्ल हाँसे’। ती महिला कालोनीलो भएर नागरिकता थाप्न बाध्य भइन्।’

चेपाङ भाषामा राखिएका नामहरूलाई गैरचेपाङ अगुवा र कर्मचारीले उल्टापुल्टा पारिदिँदा अपमानित नाम बोकेर हिँड्न बाध्य भएको राज्यमन्त्री सन्तबहादुरले बताए। ‘मेरै वडामा २०४४ सालमा बनाइएको एउटा नागरिकतामा नाम छ– ‘पिलो प्रजा (चेपाङ)’, उनले भने, ‘चेपाङ भाषामा पिलोक भनेर सिफारिस भएको नाम रहेछ त्यो। पिलोकको अर्थ कम उचाइ भएको मानिस भन्ने बुझिन्छ। तर, ‘पिलोक’ को अन्त्यमा लागेको ‘क’ हटाएर पिलो मात्र राखेर नागरिकता दियो।’

दैलेखमा कुकुर कामीको नाममा दिएको नागरिकताका बारेमा राष्ट्रिय बहसपछि उक्त नाम सच्याउन गृह मन्त्रालयले निर्देशन दियो । त्यसपछि अन्य अपहेलित नामहरू पनि सच्चिनेमा पीडित चेपाङहरू आशावादी छन् । राज्यमन्त्री सन्तबहादुर, वडाध्यक्ष हविल, सञ्चारकर्मी शिवकुमार काशी सहितको टोलीले बिहीबार जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेर प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको ध्यानाकर्षण गराएका थिए । प्रमुख जिल्ला अधिकारी पाण्डेले गृह मन्त्रालयको निर्देशन प्राप्त भएपछि त्यस्ता नागरिकताहरू सच्याउन प्रक्रिया अघि बढाइने बताए । उनले भने, ‘लिखित सर्कुलर आएपछि हामी आएका गुनासोहरू सम्बोधन गरेर नाम सच्याउने काम अघि बढाउँछौं ।’

शुक्रबार, साउन २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.