अष्ट्रेलिया । तपाई अस्ट्रेलियाको साउथ अस्ट्रेलिया राज्यमा बस्नुहुन्छ र सार्वजनिक यातायातमा यात्रा गर्नुहुन्छ भने मास्क लगाउन नर्बिसनुहोला, किनभने सरकारले मास्क नलगाउने व्यक्तिलाई १ हजार डलर जरीवाना तोकेको छ।
अस्ट्रेलियामा कोभिड संक्रमण बढेसंगै सरकारले प्रतिबन्धका नयाँ नियमहरु पनि सार्वजनिक गरेको छ। अस्ट्रेलियामा पछिल्लो २४ घन्टामा कोभिड संक्रमणका कारण ७७ जनाको मृ’त्यु भएको छ।
जसमध्ये सबैभन्दा धेरै भिक्टोरियाका ३६ जना संक्रमित रहेका छन् भने न्यु साउथ वेल्समा २९ जना संक्रमितको मृत्यु भएको छ। कोभिडका कारण अस्ट्रेलयाको एज केयरहरु सबैभन्दा बढी प्रभावित भएका छन्।
सरकारले एज केयरमा सर्तकता अपनाउन आग्रह गरिरहेको छ । जुन महिनाको मध्यबाट एज केयरहरुमा कोभिड संक्रमण देखिन थालेको थियो। पछिल्लो एक हप्तामा मात्रै एज केयरमा रहेका १ सय ६५ जना वृद्धहरुको कोभिड संक्रमणमा कारण मृत्यु भएको छ।
यसैबीच भिक्टोरिया सरकारले आमनागरिकलाई कोभिड बारे सचेत गराउँदै ३० लाख मास्क निशुल्क वितरण गर्ने भएको छ। यता क्वीन्सल्यान्डले भने आगामी डिसेम्बरमा कोभिडको ठूलो महामारी आउने भन्दै सर्तकता अपनाउन सुरु गरेको छ। – स्रोत : एम एन टिभी