दाङ, साउन १६-
दाङ राजपुर गाउँपालिका–३ मा वसोवास गर्दै आएका १९ वर्षिय मन्साराम यादवलाई उनको प्रेमीकाको परिवारले बोलाएर कुटपिट गरेका छन् । प्रेमीकाले फोन गरेर बोलाएर गएका उनलाई केही व्यक्तिले कुटपिट गरेको हो ।
इलाका प्रहरी कार्यालय गढवाका अनुसार मन्सारालाई टाउको, मुख, खुट्टामा किशोरीका बुबा पाटेश्वर यादवले निर्घात रुपमा कुटपिट गरेका थिए । यादव मन्साराम पढ्ने स्कूलका शिक्षक हुन् भने उनको छोरी र मन्साराम एउटै विद्यालयमा अध्ययनरत छन् ।
शिक्षक पाटेश्वरले आफ्नी छोरी र किशोरबीच प्रेम भएको थाहा पाएपछि छोरीलाई नै फोन गर्न लगाए, भेटन् बोलाए र किशोरलाई निर्घात कुटपिट गरेको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक रञ्जु केसीले बताइन् ।
त्यस्तै मन्सारामलाई कुटपिट गरेपछि शिक्षक पाटेश्वर यावदले रातीको समयमा चोरी गर्न आएको हुँ भन्ने स्वीकार्न बाध्य बनाइ नक्कली कागज बनाएको प्रहरीले जनाकारी दिए ।



